आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

टेरामक्सकाे विषय टुङ्गो लगाउन शक्तिशाली समिति चाहिन्छ : गोकुल बास्कोटा

बुधबार, ११ पुस २०८०, १३ : ०२
बुधबार, ११ पुस २०८०

काठमाडौँ । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सार्वजनिक लेखा समितिले टेरामक्सबारे विषय टुङ्गो लगाउन नसक्ने बताएका छन् । आजको लेखा समितिको बैठकमा बोल्दै समितिको छलफलले टेरामक्स खरिद प्रकरण टुङ्गो लगाउन नसक्ने बताएका हुन् । 

बास्कोटाले टेरामक्स प्रकरणमा छलफल र छानबिन गर्न शक्तिशाली समिति नै चाहिने समेत बताए । यस्तै खरी प्रक्रियासँग सम्बन्धित कागजात समेत सार्वजनिक गरिनुपर्ने उनको भनाइ छ । ‘अहिलेसम्म सक्कल प्रमाणपत्र झिकाउन पर्छ,’ उनले भने, ‘लेबनानको कम्पनीसँग खरिद गरिएको छ । भुक्तान साइप्रसमा गर्ने भनिएको छ ।’ 

यस्तै खरिद प्रक्रियाको कागजातमा नेओआलको मोबाइल डाटाबरे सम्पूर्ण तथ्याङ्क लेबनानी कम्पनीलाई दिने भनिएको छ । यसबारे प्रस्ट पारिनुपर्छ । यसबाहेक खरिद प्रक्रिया अधिकांश अपारदर्शिता देखिएको र यी सबै विषय टुङ्गो लगाउनुपर्ने बास्कोटाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप