कुस्ती खेलाडी विनेश फोगाटद्वारा खेल रत्न र अर्जुन अवार्ड फिर्ता गर्ने घोषणा
नयाँ दिल्ली । महिला कुस्ती खेलाडी विनेश फोगाटले मंगलबार आफ्नो खेल रत्न र अर्जुन अवार्ड फिर्ता गर्ने घोषणा गरेकी छन् । उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गरेको पत्र पनि ट्वीट गर्दै लेखेका छन्, 'मलाई यो अवस्थामा पुर्याएकोमा धन्यवाद।'
भारतीय कुस्ती संघको नयाँ चुनावमा सञ्जय सिंहको जितपछि पूर्व अध्यक्ष बृजभूषण शरण सिंहले भनेका थिए, 'संघमा वर्चस्व कायमै छ र रहिरहनेछ।'
विनेश फोगाटको यो घोषणा पछि, उनकी बहिनी, महिला पहलवान र भाजपा नेता बबिता फोगाटले पीटीआईसँग कुरा गर्दै भनिन्, ‘म भन्छु कि खेलकुद मन्त्रालयले कुस्ती महासंघको बारेमा गरेको निर्णय सही निर्णय हो। खेलकुद मन्त्रालयले पनि यस विषयमा हेरचाह गरिरहेको छ र मूल्याङ्कन गरेर निर्णय भइरहेको छ । हामी खेलकुद मन्त्रालयलाई धन्यवाद दिन चाहन्छौं। जे निर्णय आए पनि सबैलाई न्याय मिल्छ भन्ने मलाई लाग्छ।’
यसअघि बजरंग पुनियाले पद्मश्रीसहित सबै पुरस्कार फिर्ता गर्ने घोषणा गरेका थिए । साक्षी मलिकले महासंघको चुनावपछि कुस्ती नखेल्ने घोषणा गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेश भ्रमण ५ दिनमा सीमित गर्न कर्मचारीलाई स्वास्थ्यमन्त्रीको निर्देशन
-
सट्टेबाजी खेलाउने गिरोहसँग मिलेर वालेटका कर्मचारीले गर्थे केवाईसी भेरिफाई
-
सुनको मूल्य तोलामा झण्डै १६ हजार रुपैयाँ घट्यो
-
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक
-
सीटीईभीटी तालाबन्दी निषेध क्षेत्र घोषणा
-
अस्पताल थप्नेभन्दा भएकालाई राम्रोसँग चलाऔँ : मन्त्री पौडेल