'लेबनान आफै समस्यामा छ, नेपाललाई टेरामक्सको उपकरण कसरी बेच्न सक्छ ?'

काठमाडौँ । स्वतन्त्र सांसद् अमरेशकुमार सिंहले टेरामक्सको उपकरण किन्ने निर्णय नै बदनियत पूर्ण देखिएको बताएका छन् । आज बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै लेबनानसँग टेरामक्सको उपकरण किन्ने निर्णय नै बदनियत पूर्ण रहेको बताएका हुन् ।
उनले लेबनान आफै समस्याग्रस्त देश भएको समेत बताए । उनले भने – एउटा समस्याग्रस्त देशले अर्को समस्याग्रस्त देशलाई कसरी सामान बेच्न सक्छ ?
यस्तै उनले आजको छलफलमाथि नै प्रश्न उठाए । बैठकको मुख्य उद्देश्य नै स्पष्ट नभएको भन्दै सिंहले दैनिक भत्ता पचाउने लक्ष्यसहित आयोजना गरिएको यस्ता बैठकबाट केही टुङ्गो नलाग्ने दाबी गरे ।
टेरामक्स खरिद प्रक्रियामा आर्थिक लेनदेन प्रक्रिया पारदर्शी नरहेको पनि उनले बताए । एनसेल खरिद प्रक्रियामा समेत अफसोर कम्पनीको संलग्नता देखिएको र यस्तो कम्पनीमार्फत कारोबार गर्न भ्रष्टहरूलाई सहज हुने समेत दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा ऐन जारी नभएसम्म विद्यालय नफर्किने आन्दोलनरत शिक्षकहरूको अडान
-
हेड टु हेडमा बलियो तर यो सिजन लय गुमाएको हैदराबाद र पञ्चाबको भिडन्त
-
देश सुशासनको बाटोमा अघि बढ्यो, राजतन्त्र ब्युँतने भ्रम पाल्नु हुँदैन – प्रधानमन्त्री ओली
-
नेपाल नेशनल अस्पताललाई महानगरले तिरायो १ लाख जरिवाना
-
रास्वपाकी नेतृ एमाले प्रवेश
-
एमाले वीरगञ्ज महानगरको नेतृत्व निर्वाचनबाट हुने, नोमिनेसन सुरु