टेरामक्सको उद्देश्य नै स्पष्ट छैन - मनिष झा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले टेरामक्सको उद्देश्य स्पष्ट नभएको बताएका छन् । उनले आज सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै टेरामक्स जडानको लक्ष्य वा उद्देश्य नै स्पष्ट नभएको बताएका हुन् ।
यस्तै टेरामक्सका सामग्री जडान गर्न चाहिने उपकरण किन्न एडभान्स रकम पठाएको भनिए पनि कति रकम पठाएको नखुलेको झाको भनाई छ । एडभान्सबापतको रकम कति पठाएको हो भन्ने खुलाउन पर्ने उनको माग छ ।
यस्तै, नेपालबाट टेरामक्स उपकरण आयतमा भुक्तान गरेको भनिएको बैङ्कले पटक पटक कुनै विदेशी रकम सटही नभएको बताइसकेको उनले बताए । यसबाहेक, लेबनानको कम्पनीले ठेक्का पाउनुको तात्पर्य बुझ्न पर्ने समेत झाको भनाइ छ ।
तत्कालीन सञ्चार मन्त्रीको स्वकियसचिव यतिबेला टेरामक्सको रास्ट्रिय सल्लाहकारका रूपमा रहेको विषय समेत गम्भीर रहेको बताइएको छ । यसबाहेक नेपाली कम्पनीलाई छाडेर वर्सौ पहिलाको पुरानो प्रविधि किन्न पर्ने विषय झनै गम्भीर रहेको झाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पानी जहाज कार्यालयका कर्मचारीको गुनासै गुनासो
-
दिल्लीमा महत्वपूर्ण सम्झौता गरेर खानेपानीमन्त्री यादव स्वदेश फिर्ता
-
१२ बजे, १२ समाचार : राजनीतिमा फर्किने चर्चाबीच विद्या भण्डारीको प्रधानमन्त्रीलाई सन्देशदेखि माओवादी अभियानसम्म
-
सन्त नेता किसुनजीको १४ औँ स्मृति दिवसमा गङ्गा आरती
-
दिल्लीलाई हराउँदै एपीएफ क्वाटरफाइनलमा
-
एलएस अटो विश्वको सबैभन्दा ठूलो डिजाइन हाउस