शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

बैंकिङ प्रणालीबाट आज ३५ अर्ब तरलता तान्दै राष्ट्र बैंक

बुधबार, ११ पुस २०८०, १२ : २८
बुधबार, ११ पुस २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधवार ३५ अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएसँगै राष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरणको माध्यमबाट उक्त तरलता उठाउने भएको हो ।

पुस १ गतेयता केन्द्रीय बैंकले ७० अर्ब रुपैयाँ तरलता उठाइसकेको छ । बुधवार उठाउने थप ३५ अर्बसहित यो महिना १ खर्ब ५ अर्ब रुपैयाँ तरलता प्रशोचन गर्नेछ । 

राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार निक्षेप सङ्कलन उपकरणमार्फत ३५ अर्ब रुपैयाँ १४ दिनका लागि उठाउन लागिएको हो । अनलाइन विडिङ सिस्टममार्फत बोलकबोल हुने निक्षेप सङ्कलन आजै खरिद गरिने राष्ट्र बैंकले जनाएको छ । 

इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । निक्षेप सङ्कलनको परिपक्वता वा सावाँ ब्याज भुक्तानी यहि पुस २५ गते हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप