भिल्लाविरुद्ध युनाइटेडको उत्कृष्ट पुनरागमन
बुधबार, ११ पुस २०८०, ०९ : २४

ओल्ड ट्राफोड । रासमस होइलन्डले प्रिमियिर लिगमा म्यानचेस्टर युनाइटेडका पहिलो गोल गर्दा टोलीले दुई गोलले पछि परेको स्थिति उल्टाउँदै एस्टन भिल्लाविरुद्ध उत्कृष्ट पुनरागमन गरेको छ । मंगलबार राति भएको खेलमा युनाइटेड ३–२ गोलले विजयी बनेको हो ।
पहिलो हाफमा जोन म्याकगिन र लियान्डर डेनडोंकरको एक–एक गोलको मद्दतले भिल्लाले अग्रता बनाएको थियो । तर, दोस्रो हाफमा युनाइटेडले शानदार खेल प्रदर्शन गर्दै पुनरागमन गर्न सफल भयो ।
५९ औँ मिनेटमा अलेहान्द्रो ग्रानाचोले युनाइटेडका लागि एक गोल फर्काए भने ७१ औँ मिनेटमा उनले नै बराबरी गोल गरे । ८२ औँ मिनेटमा होइलन्डले गोल गर्दै टोलीलाई शानदार जीत दिलाए । जीतपछि युनाइटेड ३१ अङ्कसहित छैटौँ स्थानमा उक्लिएको छ । भिल्ला ३९ अङ्कसहित तेस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालतको व्याख्या : प्रेममा सहमतिको सम्बन्ध जबरजस्ती करणी होइन
-
नयाँ वर्षमा मन्दिरमा पूजाआजा गर्नेको भीड, तस्बिरहरू
-
बजेट अभावमा सडक निर्माण रोकियो
-
तराई–मधेसमा सतुवाइन पर्व मनाइँदै
-
नेपालको विकास र समृद्धिको आधार पर्यटन : परराष्ट्रमन्त्री
-
२०८१ सालमा लुम्बिनी प्रदेश : एमालेलाई लाभैलाभ, साना दललाई संकट