रोनाल्डोको गोल वर्षा जारी, सन् २०२३ मा ५३ गोल

रियाद । क्रिस्टियानो रोनाल्डोले आफ्नो गोल वर्षा जारी राख्दा अल–नासरले साउदी प्रो लिगमा १० खेलाडीमा सीमित अल–इतिहादमाथि ५–२ को सहज जीत हासिल गरेको छ ।
खेलमा अग्रता भने अल–इतिहादले लिएको थियो । अब्देरजाकले हमदल्लाहले १४ औँ मिनेटमा टोलीलाई अग्रता दिलाए । तर, १९ औँ मिनेटमा रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै खेल बराबरी गरे । ३८ औँ मिनेटमा टालिस्काले अल–नासरलाई अग्रता दिलाए ।
दोस्रो हाफको सुरुवातमा हमदल्लाहले अल–इतिहादका लागि बराबरी गोल फर्काएका थिए । तर, ६६ औँ मिनेटमा फाबिन्होले रातोकार्ड पाएपछि टोली १० खेलाडीमा सीमित बन्यो । ६८ औँ मिनेटमा रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै पुनः अल–नासरलाई अग्रता दिलाए ।
पोर्चुगिज फरवार्ड यो सिजन उत्कृष्ट फर्ममा देखिएका छन् । लिगमा यो सिजन उनले आफ्नो गोल सङ्ख्या १९ पुर्याएका छन् । गोल्डन बुटको दौडमा उनी अग्रस्थानमा छन् । सबै प्रतियोगितामा उनले यो सिजन २१ गोल गरेका छन् भने सन् २०२३ मा उनको गोल सङ्ख्या ५३ पुगेको छ ।
खेलको अन्त्यतिर साडियो मानेले दुई गोल थप्दै टोलीलाई सहज जीत दिलाए । जीतपछि अल नासरले शीर्ष स्थानमा रहेको अल–हिलालसँगको दुरी ७ अङ्कमा झारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजको मौसम : यी क्षेत्रमा अत्यधिक गर्मीको सम्भावना
-
बंगलामुखिको बार आज कुन राशिलाई कस्तो फल ?
-
नेपालमा कति पुग्यो अमेरिकी डलर र अन्य विदेशी मुद्राको मूल्य ?
-
सगरमाथाको काखमा उभिएर कतारकी राजकुमारीले भनिन्-‘हिमालमा जीवन छैन’
-
‘प्रोजेक्ट बैङ्क’मा राखिएका १० हजारबढी आयोजना कटौती
-
आर्सनलको बराबरीले लिभरपुललाई उपाधि जित्न सहज, च्याम्पियन बन्न १ अंकको आवश्यकता