वर्तमान राज्य सत्ता र संसदीय व्यवस्थाको अन्त्यका लागि संघर्ष गर्ने वैद्यको घोषणा
मङ्गलबार, १० पुस २०८०, १७ : २३

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका अध्यक्ष मोहन वैद्यले वर्तमान राज्य सत्ता र संसदीय व्यवस्थाको अन्त्यका लागि संघर्ष गर्ने घोषणा गरेका छन् ।
मंगलबार माओ दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले शासन सत्ता फेरिएको भएपनि शोषण, उत्पीडनका रुपहरु पुरानै रहेको बताए ।
अध्यक्ष वैद्यले कम्युनिष्टहरु अहिले कांग्रेसीहरुको संसदीय व्यवस्थाको भाग खोसेर संसदीय व्यवस्था हाम्रो हो भनेर लागेको बताए । उनले अहिलेको सत्ता र व्यवस्थाबाट जनताका समस्या समाधान हुन नसक्ने जिकिर गरे । उनले राष्ट्रियता जनतन्त्र र जनजीविकाका समस्याहरु विकराल बनेर गएको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खाँदबारी–किमाथाङ्का सडक सुक्खा पहिरोले अवरुद्ध
-
ब्रिटिस लाहुरे बन्ने सपना थियो, समयले खेलाडी बनायो
-
समीकरण यस्तो भए अझै पनि सेमिफाइनलमा पुग्न सक्छ पाकिस्तान
-
उखान सुनाउँदै संसद्मा पौडेलले उठाए कुलमानको विषय
-
एमसीसी कहिल्यै ठिक भनेका थिएनौ : घनश्याम भुसाल
-
'पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्तामार्फत समाधान गर्नुपर्छ'