संसारभर ९९ प्रतिशतभन्दा धेरै मानिसले खाइरहेका छन् बढी नुन, बढाउँछ यी पाँच रोगको खतरा

काठमाडौँ । केही दिन नुन खान पाइएन भने मान्छे झोक्राउन थाल्छ । शरीरमा आलस्यता बढ्दै जान्छ । खाना मिठो लाग्नै छाड्छ । तपाईँलाई तरकारीमा कम नुन मन पर्छ कि धेरै ?
कतिपय मानिसहरु नुन कम भएको तरकारी खानै सक्दैनन् । भागमा थपेर भएपनि नुन खान्छन् । तर नुन भन्ने चिज ठिक्क खानु पर्छ । के तपाईँलाई थाहा छ ? विश्वभर धेरैजसो मानिसहरु आवश्यकता भन्दा धेरै नुन खाइरहेका छन् । यसको असर उनीहरुको स्वास्थ्यमा पनि परिरहेको छ ।
धेरै नुन खानु प्राणघातक हुन सक्छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार अधिकांश मानिसहरु दैनिक रुपमा खानु पर्नेभन्दा दोब्बर धेरै नुन खाइरहेका छन् । यो निकै खतरनाक साबित हुन सक्ने डब्ल्यूएचओको भनाई छ । तर धेरैजसो मानिसहरुलाई आफूले खानु पर्नेभन्दा धेरै नुन खाइरहेको छु भन्ने नै थाहा छैन । तपाईँले पनि खानामा धेरै नुन त खाइरहनु भएको छैन ? छ भने यो बानीलाई तत्कालै फेर्नुस् ।
डब्ल्यूएचओको रिपोर्टका अनुसार वयस्कहरुले दिनमा १० दशमलव ७८ ग्राम नुन खाइरहेका छन् । यो भनेको दुई चम्चा बराबर हो । यसमा ४ हजार ३१० मिलिग्राम सोडियम हुन्छ । यो चाँहि दैनिक आवश्यकताको करिब दुई गुणा धेरै हो । यो मात्रामा नुन खानु स्वास्थ्यको लागि निकै खतरनाक हुन्छ । धेरै मात्रामा नुन खाँदा मानिसहरुमा प्राणघातक रोगको खतरा बढ्छ । डब्ल्यूएचओका अनुसार सबै वयस्कले दिनभरमा २ हजार मिलिग्राम सोडियम सेवन गर्नु पर्छ । एक चम्चा (५ ग्राम) नुनमा यति सोडियम पाइन्छ । अर्थात् तपाई वयस्क हुनुहुन्छ भने दिनभरमा तपाईँले एक चम्चाभन्दा धेरै नुन खानु हुन्न ।
धेरै नुन खाँदा वर्षेनी १९ लाख मान्छेको मृत्यु
के तपाईँलाई थाहा छ ? विश्वभर वर्षभरिमा १८ लाख ९० हजार मान्छेको मृत्युको कारण धेरै नुन सेवन हो । चाहिनेभन्दा बढी सोडियमका कारण करोडौं मान्छेहरु गम्भीर रोगको सिकार भइरहेका छन् । नुन खाएर के हुन्छ र भन्ने धेरैलाई लागिरहेको हुन सक्छ । तर यो उनीहरुको सबैभन्दा ठूलो भ्रम हो । शरीरमा आवश्यकताभन्दा धेरै सोडियम हानिकारक हुन्छ । धेरै नुन खानु कसैको लागि पनि फाइदाजनक छैन ।
नुन धेरै खाँदा तपाईँलाई उच्च रक्तचाप, मुटुसम्बन्धी रोग, ग्यास्ट्रिक क्यान्सर, मोटोपना, किड्नीसम्बन्धी रोग, अस्टियोपोरोसिस जस्ता कयौँ गम्भीर रोग लाग्न सक्छ, यी रोगको खतरा बढ्न सक्छ । तपाईँलाई पहिलादेखि नै यी रोग लागिसकेको छ भने चाँहि नुन सीमित मात्रामा मात्रै सेवन गर्नुहोस् । अनि डाक्टरको सल्लाह मानेर खानपिनमा नुनलाई लिएर कुनै पनि गल्ती गर्दै नगर्नुस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पिकअप भ्यान पल्टिंदा दुई जनाको मृत्यु, २२ जना घाइते
-
चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
निर्माणाधीन एसियाली राजमार्गले निम्त्याएको प्रदूषण नियन्त्रण गर्न स्थानीयको माग
-
सञ्चारकर्मी तथा गीतकार राधिकाको ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
-
डढेलोले सखाप हुँदै जङ्गल