पर्सालाई हराएसँगै पुलिसको सेमिफाइनल प्रवेश सम्भावना बलियो
काठमाडौँ । वीरगञ्जमा जारी नेपाल प्रो क्लब च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगिताको मंगलबार खेलिएको दोस्रो खेलमा नेपाल पुलिस क्लबले पर्सा क्लब–११ लाई २५ रनले हराएको छ । जितसँगै पुलिस क्लबले सेमिफाइनल प्रवेशको सम्भावना पनि बलियो बनाएको छ ।
जारी प्रतियोगितामा यी दुबै टोलीले आफ्नो चौथो खेल खेलेका हुन् । पुलिस क्लबको यो तेस्रो जित हो । पुलिस क्लबले एक खेलमा भने हार भोगेको छ । पर्सा–११ ले भोगेको यो दोस्रो हार हो । पर्सा–११ ले दुई खेलमा भने जित हासिल गरेको छ ।
वीरगञ्जस्थित नारायण्ी रंगशालामा टस हारी पहिले ब्याटिङको निम्तो पाएको पुलिस क्लबले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय २४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको पर्सा–११ ले भने निर्धारित ओभरमा आठ विकेट गुमाएर ९९ रनमात्र बनाउन सक्यो ।
पर्सा–११ का लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक २३ रन बनाए । चौथो नम्बरमा क्रिज समाल्न आएका सन्दीपले २८ बलमा दुई छक्का पनि प्रहार गरे । त्यसअघि तेस्रो नम्बरका ब्याट्सम्यान सुरज पटेलले पनि टोलीको खातामा १७ रन थपेका थिए ।
पर्सा–११ का दुबै ओपनर ब्याट्सम्यान सस्तैमा पेभेलियन फर्किएका थिए । ओपनर इमरान शेख एक रन बनाउँदै आउट भए भने अर्का ओपनर अनिल शाहले खातासम्म खोल्न सकेनन् । पाँचौँ नम्बरका ब्याट्सम्यान रुपेश सिंह पनि नौ बलमा दुई चौकाको मद्दतले १५ रन बनाउँदै आउट भए ।
नसरुद्दिन अन्सारीले चार रन बटुले । हासिम अन्सारी दुई रनमा आउट भए । अन्तिम समयसम्म संघर्ष गरेका पवन सर्राफले टोलीका लागि ३२ रनको योगदान गरे । उनले २६ बलमा तीन छक्का र एक चौका प्रहार गरेका थिए । पुलिस क्लबका बलर सागर ढकाल, ललित राजवंशी र करण केसीले दुई–दुई विकेट लिए । रासिद खान र शेर मल्लले पनि एक–एक विकेट हात पारे ।
त्यसअघि पहिले ब्याटिङ गरेको पुलिस क्लबले आफ्ना दुबै ओपनर ब्याट्सम्यान सुनिल धमला र दिलीप नाथलाई शून्य रनमै गुमाएको थियो । त्यसपछि तेस्रो नम्बरका ब्याट्सम्यान अर्जुन साउदले पुलिस क्लबका लागि ११ रन बनाएका थिए । उनले २५ बलमा एक चौका हिर्काए ।
पुलिस क्लबका चौथो नम्बरका ब्याट्सम्यान शंकर राणा पनि १७ रन बनाउँदै आउट भए । उनले १८ बलमा एक छक्का र दुई चौका हिर्काए । कप्तान आरिफ शेखले पनि २२ रन बनाए । उनले २७ बलमा दुई चौका पनि प्रहार गरे ।
रासिद खानले नौ रन बनाए । अमित श्रेष्ठले अविजित २६ रन बनाए । उनले २६ बलमा दुई चौका पनि प्रहार गरे । करण केसी २९ रनमा अविजित रहे । आक्रामक रुपमा प्रस्तुत भएका करणले केवल १२ बलमा दुई छक्का र दुई चौका पनि हिर्काए ।
पुलिस क्लबले अतिरिक्त रुपमा पनि १० रन पाएको थियो । पर्साका बलर अनिल शाहले दुई विकेट लिएका थिए । उनले दुई ओभरमा १२ रन खर्चिए । समसाद मन्सुरी र रुपेश सिंहले पनि एक–एक विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको चीन भ्रमण स्कीकृत
-
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका : पकड गुम्न नदिने माओवादीको रणनीति, खोस्ने दाउमा कांग्रेस–एमाले
-
विद्युत् खरिदको रकमबाट बक्यौता कटाउने कुलमानको पत्र
-
नक्कली यौनवर्धक औषधी उत्पादन गरेको आरोपमा ३ जना पक्राउ
-
रविको समर्थनमा त्रिभुवन विमानस्थलमा प्रदर्शन, तस्बिरहरू
-
लोसपा महाधिवेशनको तयारीमा, पदाधिकारीलाई तोक्यो जिम्मेवारी