किन सहज हुन सकेन प्याजको आपूर्ति ?

काठमाडौँ । पछिल्लो समय आलुको आपूर्ति सहज भए पनि प्याजको अझै सहज हुन नसकेको पाइएको छ । आन्तरिक उत्पादन र भारतीय आलु आयात भएकाले आलुको आपूर्तिमा समस्या नभएको नेपाल कृषि उपज आलु प्याज आयात निर्यात तथा थोक बिक्रेता सङ्घका महासचिव प्रकाश गजुरेलले बताए । उनका अनुसार प्याज आपूर्तिमा समस्या देखिएको छ । ‘आलुको आन्तरिक उत्पादनको सिजन भएकाले आलुको आपूर्तिमा समस्या छैन,’ उनले भने, ‘तर प्याजमा भारतले निर्यातमा रोक लगाउँदा आपूर्तिमा समस्या भएको छ ।’
उनका अनुसार हाल भारतबाट खुला सिमानाबाट प्याज आयात भएकाले आवश्यक मात्रामा उपलब्धता नभए पनि प्याज आपूर्तिमा केही सहज भएको छ । ‘हाल मागअनुसार प्याजको आपूर्ति भएको छैन,’ उनले भने, ‘तर बजारमा प्याजको सर्टेज भने छैन ।’
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठका अनुसार बजारमा आन्तरिक उत्पादन र भारतीय आलु आपूर्ति भएको छ । प्याज भने चीनबाट र केही भारतबाट आयात भएको देखिन्छ । ‘प्याज चीनबाट केही मात्रमा र व्यावसायीको व्यक्तिगत सम्बन्धबाट भारतबाट प्याज आपूर्ति भइरहेको छ ।’ उनले रातोपाटीसँग भने ।
प्याजको आपूर्ति ८० प्रतिशत घट्यो
कालीमाटी तरकारी बजारमा प्याजको आपूर्ति ८०.३३ प्रतिशतले घटेको छ । प्याजको आन्तरिक उत्पादनको सिजन नभएकाले र भारतले प्याज निर्यातमा रोक लगाएकाले सोको आपूर्ति घटेको हो । सुकेको प्याज गत मङ्सिरमा १ लाख ३५ हजार ८ सय २० केजी कालीमाटीमा आपूर्ति भएको थियो । हाल सो आपूर्ति ८०.३३ प्रतिशतले घटेर हाल दैनिक २६ हजार ७ सय २० केजी प्याज आपूर्ति भएको समितिको दैनिक मूल्य सूचीमा उल्लेख छ । प्याजको सहज आपूर्ति नहुँदा बजारमा यसको मूल्य पनि वृद्धि भएको छ । गत मङ्सिर १० गते भारतीय प्याजको मूल्य ९५ रुपैयाँ ७५ पैसा प्रतिकेजी कारोबार भएको थियो । हाल प्याजको ४.४४ प्रतिशतले मूल्यवृद्धि भएको छ । हाल प्रतिकेजी एक सय रुपैयाँमा प्याजको कारोबार भएको कालीमाटी तरकारी बजारको दैनिक मूल्यसूचीमा उल्लेख छ । एक महिनाअगाडि भारतीय प्याज मात्रै मूल्य सूचीमा समावेश गरिएको थियो । अहिले भारतीय प्याज एक सय रुपैयाँ प्रतिकिलो पर्ने र चीनको प्याजको मूल्य ८५ रुपैयाँ प्रतिकिलो पर्ने मूल्य सूचीमा उल्लेख छ ।
आलुको आपूर्ति ४५ प्रतिशतले बढ्यो
कालीमाटी तरकारी बजारमा ४५.११ प्रतिशतले आलुको आपूर्ति बढेको छ । आन्तरिक उत्पादन र भारतीय आयात सहज भएकाले आलुको आपूर्ति बढेको सूचना अधिकारी श्रेष्ठले बताए । कालीमाटी तरकारी बजारमा गत महिनामा प्रतिदिन रातो आलु ९७ हजार ९ सय ८० केजी आपूर्ति भएको आलुको थियो । अहिले १ लाख ४२ हजार १ सय ८० केजी प्रतिदिन आपूर्ति भएको समितिको तथ्याङ्कमा उल्लेख छ ।
आलुको आपूर्ति बढेसँगै मूल्य घटेको छ । आलुको मूल्य गत मङ्सिर १० गते रातो आलु प्रतिकेजी ४८ रुपैयाँमा कारोबार भएको थियो । हाल सो आलुको मूल्य करिब २४ प्रतिशतले घटेर ३७ रुपैयाँ प्रतिकि पुगेको छ । यस्तै गत मङ्सिरमा भारतीय रातो आलुको मूल्य प्रतिकिलो ३९ रुपैयाँ थियो भने हाल १५ प्रतिशतले घटेर ३३ रुपैयाँ प्रतिकिलोमा कारोबार हुँदैछ । यस्तै सेतो आलुको मूल्य गत महिनामा प्रतिकिलो ३८ रुपैयाँमा कारोबार भएको थियो भने अहिले २८ प्रतिशतले घटेर २७ रुपैयाँ प्रतिकिलोमा कारोबार भएको कालीमाटी तरकारी बजारको मूल्यसूचीमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : संसद्मा पूर्वराजाको चर्चादेखि आरजुको भारत भ्रमणसम्म
-
राजा खोज्नु भनेको बिजुलीको युगमा अगुल्टो बाल्छु भन्नुजस्तै हो- सञ्चारमन्त्री
-
१६ बुँदे घोषणापत्र जारी गर्दै राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन सकियो
-
यी हुन् निर्विरोध निर्वाचित भएका अखिल क्रान्तिकारीका सभापति र क्याम्पस
-
निश्चित कृषि वस्तुमा आत्मनिर्भर हुने गरी बजेटमा व्यवस्था गर्नुपर्नेमा मन्त्री अधिकारीको जोड
-
राष्ट्रिय सुरक्षामा देखिएका नयाँ–नयाँ आयामलाई मनन गर्न प्रधानमन्त्रीको जोड