डेडिकेटेड र ट्रंकलाइन सम्बन्धमा न्यायोचित समाधान खोज्न चेम्बरको आग्रह

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले डेडिकेटेड र ट्रंकलाइन विद्युत्को महसुल सम्बन्धमा न्यायोचित समाधान खोज्न सम्बन्धित पक्षसँग आग्रह गरेको छ । लोडसेडिङको समयमा केही उद्योगमा जडित डेडिकेटेड र ट्रंकलाइन विद्युत् महसुलबारे विद्युत् प्राधिकरण र उद्योगीबिच मतभिन्नता हुँदा यसले समग्र लगानी र व्यवसायामैत्री वातावरणमा असर गर्ने चेम्बरले उल्लेख गरेको छ ।
चेम्बर अफ कमर्सद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विद्युत् प्राधिकरण र व्यवसायीबिच पछिल्लो समय देखिएको मतभिन्नताप्रति चेम्बरको ध्यानाकर्षण भएको छ, उद्योगमैत्री वातावरण र लगानीमा समेत यसले असर गर्ने निश्चित छ, ।’
प्राधिकरण र उद्योगीबिच समस्या समाधान नभए यसले रोजगारी र राजश्व सङ्कलनमा समेत असर गर्ने चेम्बरको ठहर छ । महसुल सम्बन्धमा न्यायोचित समाधान खोज्न वित्तीय र प्राविधिकसहितको छानबिन समिति बनाउन पनि चेम्बरले आग्रह गरेको छ ।
लगानी र व्यवसायमैत्री वातावरण सिर्जना गर्नका लागि सरकार र निजी क्षेत्र दुवैको उत्तिकै भूमिका भएकाले न्यायोचित समाधान गरेर अघि बढ्न चेम्बरले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको हो । लामो समयदेखि शिथिलताबाट गुज्रँदै आएको अर्थतन्त्रलाई निकास दिनुको विकल्प नभएको यथार्थताबिच तत्काल समाधान खोज्न र विवाद थप अघि नबढाउन पनि चेम्बरले सुझाव दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरक्षणको पर्खाइमा सेकुङ ताल
-
इटालियन सिरी’एमा इन्टर मिलानको ‘सहज उपाधि यात्रा’मा धक्का
-
प्रिमियर लिगको उपाधि उचाल्न लिभरपुलले अझै कुर्नु पर्ने, आर्सनल जित्दा फेरियो माहोल
-
वानखेडेमा मुम्बईको शानदार जित, चेन्नई हेरेको हेर्यै
-
मनाङमा मोटर चलेको १५ वर्षपछि सार्वजनिक बस सेवा सञ्चालन
-
१२ बजे, १२ समाचार : राप्रपा नेता धवलशमशेरलाई हाजिर जमानीमा छाडियोदेखि रविकी पत्नी निकिताले दायर गरिन् रिटसम्म