नेपाल प्रो क्लब च्याम्पियनसिप : पुलिसलाई हराउन पर्साले १२५ रन बनाउनु पर्ने
काठमाडौँ । वीरगञ्जमा जारी नेपाल प्रो क्लब च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगिताको मंगलबार खेलिएको दोस्रो खेलमा नेपाल पुलिस क्लबले पर्सा क्लब–११ लाई जितका लागि एक सय २५ रनको लक्ष्य दिएको छ । सेमिफाइनल प्रवेशको दृष्टिकोणले यो खेल दुवै टोलीका लागि निकै महत्त्वपूर्ण छ ।
हालसम्म यी दुवै टोलीले तीन–तीन खेल खेलेका छन् । त्यसमध्ये दुवै टोलीले दुई–दुई खेलमा जित हात पारेका छन् भने एक–एक खेलमा पराजय भोगेका छन् । मंगलबारको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको पुलिस क्लबले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय २४ रन बनायो ।
पुलिस क्लबले आफ्ना दुवै ओपनर ब्याट्सम्यान सुनिल धमला र दिलीप नाथलाई शून्य रनमै गुमाएको थियो । त्यसपछि तेस्रो नम्बरका ब्याट्सम्यान अर्जुन साउदले पुलिस क्लबका लागि ११ रन बनाएका थिए । उनले २५ बलमा एक चौका हिर्काए ।
पुलिस क्लबका चौथो नम्बरका ब्याट्सम्यान शंकर राणा पनि १७ रन बनाउँदै आउट भए । उनले १८ बलमा एक छक्का र दुई चौका हिर्काए । कप्तान आरिफ शेखले पनि २२ रन बनाए । उनले २७ बलमा दुई चौका पनि प्रहार गरे ।
रासिद खानले नौ रन बनाए । अमित श्रेष्ठले अविजित २६ रन बनाए । उनले २६ बलमा दुई चौका पनि प्रहार गरे । करण केसी २९ रनमा अविजित रहे । आक्रामक रुपमा प्रस्तुत भएका करणले केवल १२ बलमा दुई छक्का र दुई चौका पनि हिर्काए ।
पुलिस क्लबले अतिरिक्त रुपमा पनि १० रन पाएको थियो । पर्साका बलर अनिल शाहले दुई विकेट लिएका थिए । उनले दुई ओभरमा १२ रन खर्चिए । समसाद मन्सुरी र रुपेश सिंहले पनि एक–एक विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा एमालेलाई समर्थन नगर्न माओवादीको निर्देशन
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
प्रधानमन्त्रीसँग ८७ जना चीन भ्रमणमा जाने
-
दुर्गा प्रसाईँ हरिसिद्धी अस्पतालमा भर्ना
-
प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत
-
महेन्द्र राजमार्गको कमला–कञ्चनपुर चिनियाँ कम्पनीले अवैध उत्खनन गरेको भन्दै सर्वोच्चमा रिट