नआऊ बिथोल्न मलाई
मङ्गलबार, १० पुस २०८०, १४ : ००
_Gj2rkPkOJw.jpg)
म म नै हुँ तिमी हुनु छैन मलाई
म तिमी पनि त भएँ तिमीसँगै कता कता गएँ तर
म र तिमी कहिल्यै एकाकार हुन सकेनौँ
म म मात्रै रहेँ
तिमी फेरि अर्काे म कि भयौँ ।
भनेको त थिएँ सारा जीवन
साटेको त थिएँ सारा पिर
अब मलाई अरूले जस्तै पिर नदिनु
मेरा सारा पिर तिमी आफू लिनु
तर त्यहीँ पिर साटेपछि
पर पर भयौ
तिमी कहाँ म मात्रैको रह्यौ ?
पिरले झन पिर दिन्छ
दुःखले झन दुःख दिन्छ
मायाले माया हैन
अझै दुःख अनि पिर दिन्छ
त्यसैले मलाई म हुनु छ
मेरै मन छुनु छ
मेरै मायालु हुनु छ
मलाई म बन्नु छ
अनि सारालाई भन्नु छ
म जति सत्य अरू रहेन
यो संसारमा विश्वास
आफैँबाहेक कसैको भएन
नआऊ बिथोल्न मलाई
नआऊ गिजोल्न मलाई
फेरि अर्काे मायाको कुरा गर्दै
म भनेको तिमी पनि हो भन्दै
अब त मलाई म मात्रै बन्नु छ
म म नै हुँ
मलाई म बन्नु छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी घोषणाको ७ वर्षपछि प्रदेशमै निःशुल्क डायलासिस सेवा, विरामीलाई बल्ल राहत
-
झापा गोल्डकप : भुटानको डागा युनाइटेड सेमिफाइनलमा
-
एकै पल्ट २३ सय ८५ जना प्रहरी सहायक हवल्दारको सरुवा
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म
-
मधेसमा प्रचण्ड : उत्साह कि बाध्यता ?
-
राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा सडकमा