गाउँको बिचमा आएर निर्धक्क बस्यो बाघ, फोटो र भिडियो बनाउन झुम्मिए गाउँले

काठमाडौँ । बाघलाई जङ्गलको सबैभन्दा खतरनाक सिकारी मानिन्छ । जङ्गलमा राज गर्ने बाघ गाउँमा पस्दा स्वाभाविक रुपमा मानिस आतङ्कित हुन्छन् नै ।
तर, भारतको उत्तर प्रदेश राज्यको पीलीभीतमा भने अनौठो दृश्य देखिएको छ । पीलीभीतको कलीनगरस्थित अटकोना क्षेत्रमा एउटा बाघ मस्तले बसिरहेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको छ ।
गाउँको बिचमा एउटा किसानको घर परिसरमा बाघले आराम गरिरहेको र वरपर गाउँले जम्मा भएर फोटो तथा भिडियो बनाइरहेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको छ ।
मानिसको भिड देखेर पनि बाघ शान्तसँग बसिरहेको देखिन्छ । गाउँमा बाघ आएको सूचना पाएपछि वन विभागको समूह सो क्षेत्रमा पुगेर वरिपरि जाली तथा डोरी बाँधेर सुरक्षा घेरा बनाइदिएको छ, ताकि बाघले कुनै प्रकारको हानि गर्न नसकोस् ।
बाघलाई नियन्त्रणमा लिने प्रयास भइरहेको अधिकारीहरुले बताएका छन् । उक्त बाघले अहिलेसम्म कुनै प्रकारको हानि नपु¥याएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौद्रिक नीतिको समीक्षा : विद्युतीय सवारी साधन किन्न ऋणमा कडाइ
-
मौद्रिक नीतिको समीक्षा : विद्युतीय सवारी साधन किन्न ऋणमा कडाइ
-
अब गैरबैंकिङ वित्तीय संस्था सम्पत्ति शुद्धीकरणको दायरामा
-
जय शम्भो ! पशुपतिमा मस्त बाबा, तस्बिरहरू
-
महाशिवरात्रिको पूर्वसन्ध्यामा ओली पुगे पशुपति
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)