हिरासतबाट नेपाली भागेपछि भारतमा चार प्रहरी निलम्बित

बिहार । लागूऔषधसहित पक्राउ परेका दुई नेपालीमध्ये एक जना प्रहरी हिरासतबाट भागेपछि भारतको बिहारमा चार जना प्रहरी अधिकारी निलम्बनमा परेका छन् । पूर्वी चम्पारणका एसपी कान्तेस कुमार मिश्राले दुई सब इन्स्पेक्टरसहित चार जनालाई निलम्बन गरेका हुन् ।
प्रहरी कार्यालयका स्टेसन हाउस अफिसरलाई कारण देखाऊ नोटिस पनि पठाइएको छ । नेपालको पर्सा जिल्लाका सुदर्शन साह र लालबाबु ठाकुरलाई रामगर्वाह प्रहरीले हरिशंकर वर्मा कलेज नजिकैबाट ७.४७ केजी गाँजासहित पक्राउ गरेको थियो ।
‘दुई जनलाई मोतिहारीमा अदालतसामु उपस्थित गर्नका लागि लैजाँदै गर्दा सगौलीमा दुईजना भागेका थिए । दुईमध्ये ठाकुरलाई पक्राउ गरिए पनि साह भने त्यहाँबाट फरार भएका थिए,’ प्रहरीले आफ्नो विज्ञप्तिमा भनेको छ ।
निलम्बनमा पर्ने प्रहरी अधिकारीहरूमा सब इन्स्पेक्टर अकसम अनसारी र हरेकृष्ण सिंह यादव तथा कन्सटेबलद्वय चन्दन कुमार र शालिग्राम कुमार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलन चर्काउने शिक्षकहरूको चेतावनीपछि विद्यालय शिक्षा विधेयक द्रुत गतिमा अगाडि बढाउन आग्रह
-
एकीकृत समाजवादीको कार्यालयमा आगजनी, तस्बिरहरू
-
बालकुमारीमा सरकारी जिपमा आगजनी
-
पूर्वराजा समर्थकहरुको प्रदर्शन उग्र बनेपछि गृहमन्त्रालयमा आकस्मिक बैठक
-
गणतन्त्रवादीहरुले गल्ती गरेकै कारण प्रतिगामीहरूले फाइदा लिइरहेका छन्ः प्रचण्ड
-
अपडेट : राजधानीको यी स्थानमा कर्फ्यु