युरोपको ‘गोल्डन शू’ को दौडमा को अघि ?
काठमाडौँ । युरोपको विभिन्न घरेलु र क्लब प्रतियोगिताका सर्वाधिक गोलकर्तालाई हरेक वर्ष ‘गोल्डन शू’ को अवार्डबाट सम्मानित गरिन्छ । नयाँ सिजन सुरु भएसँगै खेलाडीहरू यस अवार्डलाई हात पार्ने दौडमा लागिसकेका छन् ।
गत वर्ष रोबर्ट लेवान्डोस्कीको हातबाट अर्लिङ हालान्लडले यो उपाधि खोसेका थिए । नर्वेजियन खेलाडीले ७२ खेलमा ३६ गोल गर्दै म्यानचेस्टर सिटीलाई ट्रेबल जित्न मद्दत गरेका थिए । उनीसँगै ह्यारी केन (३० गोल), किलियान एम्बाप्पे (२९ गोल), अलेक्सान्डर लाकाजेट (२७ गोल) र भिक्टर ओसिमेन शीर्ष पाँच स्थानमा रहेका थिए ।
यो सिजन भने हालसम्म बायर्न म्युनिखका ह्यारी केन २१ गोलसहित यो दौडको अग्र स्थानमा रहेका छन् । उनले बुन्डेस लिगामा एक सिजनमा ४० गोल गने गर्ड मुलरको रेकर्डलाई पनि पछ्याइरहेका छन् ।
केनपछि १८ गोलसहित पेरिस सेन्ट जर्मेनका फरवार्ड किलियान एम्बाप्पे दोस्रो स्थानमा रहेका छन् । सन् २०१७ मा मोनाकोबाट पीएसजी आएयता उनले लिग वानमा हरेक सिजन औसतमा २४ गोल गरेका छन् ।
तेस्रो स्थानमा जर्मन क्लब स्टुटगार्डका सेरहोउ गुइरासी रहेका छन् । गत सिजन फ्रेन्च टोली रेनबाट आएका उनले १७ गोल गरेका छन् । चौथो स्थानमा इन्टर मिलानका लाउटारो मार्टिनेज रहेका छन् । उनले १५ गोल गरेका छन् ।
गत सिजनको विजेता अर्लिङ हालान्डले १४ गोल गर्दै पाँचौँ स्थानमा रहेका छन् । उनीपछि १३ गोल गरेका रियल मड्रिडका जुड बेलिङह्याम छन् ।
सातौँ स्थानमा मोहम्मद शालाह रहेका छन् । उनी १२ गोल गर्न सफल भएका छन् । उनीसँगै समान गोल गरेका गेटाफेका बोर्या मायोराल रहेका छन् ।
नवौँ स्थानमा बोर्नेमाउथमा डोमिनिक सोलांके रहेका छन् । उनले हालसम्म ११ गोल गरेका छन् । एट्लेटिको मड्रिडका एन्टोनी ग्रिजमानले पनि ११ गोल नै गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय हवाई टिकटको मूल्य अध्ययन गर्न समिति गठन
-
जनमतका नेताहरू जसपामा प्रवेश
-
इन्डियन प्रिमियर लिग मेगा अक्सन : फाफ डु प्लेसिसलाई दिल्ली र रोभमन पोवेललाई कोलकाताले किने
-
एमाले जग्गा विवाद : आज पनि हेर्न नभ्याइनेमा
-
काठमाडौँ–१६ का उम्मेदवार घरदैलो अभियानलाई तीव्रता दिँदै
-
आइभरी कोस्टको नाममा लेखियो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको खराब कीर्तिमान !