नाइजेरियामा आक्रमणः १६० जनाको मृत्यु

अबुजा । मध्य नाइजेरियाका गाँउमा भएको शृङ्खलाबद्ध आक्रमणमा कम्तीमा १६० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले सोमबार बताएका छन् ।
बोक्कोस स्थित स्थानीय सरकारी क्षेत्रको गाँउ मुसुमा गोठाला र किसानहरू बीच भएको झडपमा १६ जनाको मृत्यु भएको छ । बोक्कोस, पठार राज्यको स्थानीय सरकारका अनुसार कम्तीमा ११३ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
झडपमा घाइते भएका ३०० भन्दा बढी व्यक्तिलाई बोक्कोस, जोस लगायतका अस्पतालमा सारिएको छ। स्थानीय रेडक्रसको अस्थायी टोलीले बोक्कोस क्षेत्रका १८ गाउँमा १०४ जनाको मृत्यु भएको उल्लेख गरेको छ । संसद्का सदस्य डिक्सन चोलोमका अनुसार बार्किन लाडी क्षेत्रका थुप्रै गाउँहरूमा कम्तीमा ५० जनाको मृत्यु भएको छ ।
यो घटना पठारमा गत मे महिना यताकै सबैभन्दा हिंस्रक घटना हो । सो घटनामा किसान र गोठाला बीचको झडपमा सय भन्दा बढीको मृत्यु भएको थियो । नियमित रूपमा हुँदै आएका सशस्त्र आक्रमणले नाइजेरियाको उत्तरी र मध्य क्षेत्रमा गम्भीर सुरक्षा खतरा बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुद्रतालको संरक्षणमा जुट्यो ढोरपाटन
-
पशुपतिनाथमा किन गरिन्छ चार प्रहरको विशेष पूजा ?
-
ट्रम्पको जालमा जेलेन्स्की, शुक्रबार अमेरिकामा ‘विशाल सम्झौता’
-
आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिरियो इंग्ल्याण्ड
-
डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन
-
१२ बजे, १२ समाचार : नेपालमा पढ्न चाहने किटका विद्यार्थीलाई आवेदन खुलादेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पराजितसम्म