बेलायतमा आगामी वर्ष घर भाडा बढ्ने

लन्डन । सन् २०२४ मा बेलायतमा घरको मूल्य घट्ने आशा गरिएको छ । तर घर भाडामा लिँदाको खर्च भने आगामी वर्ष पनि निरन्तर बढ्ने देखिएको छ । सरकारको आधिकारिक प्रक्षेपणकले यस्तो बताएका हुन् । प्रक्षेपणअनुसार सन् २०२४ मा बेलायतमा घरको मूल्य करिब ५ प्रतिशतले घट्ने देखिन्छ ।
तर भर्खरै बनाइएको घरको भाडा ५ देखि ६ प्रतिशतले बढ्ने घरजग्गा विज्ञहरूले बताएका छन् । यो वर्षभरि पनि बेलायतमा घर भाडा आकाशिएको थियो । बढ्दो लागतका कारण खर्चमा दबाब परेको भन्दै घर भाडामा बस्नेहरूले गुनासो गरिरहेका छन् । महँगो घर भाडाकै कारण नयाँ घर किन्न चाहनेहरुको निक्षेप बचतमा समस्या आइरहेको छ ।
आगामी वर्ष बेलायतको अर्थतन्त्र सुस्त रहने अनुमान धेरै आइरहेका छन् । यसको असर घर जग्गा बजारमा पनि देखिने निश्चित प्रायः छ । श्रम बजार त्यति सुरक्षित नभएकोले पहिलो पटक घर किन्न चाहने क्रेताहरूको मनोबल प्रभावित हुन सक्ने विश्लेषणहरू आइरहेका छन् । यसमाथि धितो कर्जाको दर पनि धेरैले अनुमान गरेको भन्दा उच्च नै हुनेछ यसले पनि भावी घर क्रेताहरू मारमा पर्ने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठगी मुद्दामा फरार प्रतिवादी पक्राउ
-
नवराज सुवेदीको ‘नजरबन्द’ हटेपछि जगमानले भने - राजसंस्था पुनर्स्थापना गर्न पूर्ण सहयोग गर्नेछु
-
आन्दोलनको स्वरूप परिवर्तन गर्न विद्यालय व्यवस्थापन समिति महासङ्घको आग्रह
-
विद्यालय खोल्न अभिभावक आन्दोलनमा
-
घनश्यामको टिप्पणीप्रति वाइसिएल अध्यक्ष शेर्पालीको आपत्ति
-
घुस सहित पक्राउ परेका पोखरा महानगरका कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर