लियोनल मेस्सीले इन्टर मियामीको सात खेल गुमाउने

काठमाडौँ । अमेरिकी क्लब इन्टर मियामीमा स्टार अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सीले नयाँ सिजनको मेजर लिग सकर (एमएलएस) मा सातवटा खेल गुमाउने भएका छन् । एमएलएसको नयाँ सिजन आगामी फेब्रुअरीको तेस्रो सातादेखि सुरु हुँदैछ ।
नयाँ सिजनको एमएलएसमा इन्टर मियामीले आफ्नो पहिलो खेल फेब्रुअरी २१ तारिखमा रेड साल्ट लेकसँग खेल्नेछ । राष्ट्रिय टोलीबाट महत्वपूर्ण प्रतियोगिता खेल्नु पर्ने भएकाले उनले इन्टर मियामीको सात खेल गुमाउने भएका हुन् ।
कीर्तिमानी रुपमा आठपटक बालेन डी’ओरको उपाधि चुमिसकेका ३६ वर्षीय मेस्सीले त्यो समयमा राष्ट्रिय टोलीबाट कोपा अमेरिका खेल्नु पर्ने हुन्छ । कोपा अमेरिका फुटबल जुन २० देखि जुलाई १४ तारिखसम्म अमेरिकामै आयोजना हुँदैछ ।
नयाँ सिजनको एमएलएसमा इन्टर मियामीले जुन १५ मा फिलाडेल्फियासँग, कोलम्बससँग जुन १९ मा, नासभिलसँग जुन २९ मा, चार्लोट्टीसँग जुलाई ३ मा र सिनसिनाटीसँग जुलाई ६ तारिखमा खेल्ने कार्यक्रम रहेको छ । यसका अतिरिक्त इन्टर मियामीले टोरन्टोसँग जुलाई १७ र सिकागोसँग जुलाई २० मा खेल्ने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कुस्ती’को छायाङ्कन सुरु
-
भारतको किट विश्वविद्यालयबाट फर्केका विद्यार्थी त्रिविमा भर्ना हुन सक्ने
-
पश्चिम नवलपरासी झडप अपडेट : उपचारको क्रममा एक जनाको मृत्यु
-
एन्टिबायोटिक औषधिको सेवन बिचमै छोड्नु घातक !
-
सरकार, राजनीतिक दल, प्रशासन र निजी क्षेत्र सबै एउटै डुङ्गामा छौँ : अध्यक्ष ढकाल
-
बैंकर्स संघका अध्यक्ष भन्छन्, ‘मौद्रिक नीतिको समीक्षा स्वाभाविक र अपेक्षित’