इजरायलको बमबारीमा कुनै कमी आएन : राष्ट्र संघ
मङ्गलबार, १० पुस २०८०, १२ : २६

गाजा । गाजाका अस्पतालहरूको भ्रमण गरेपछि त्यहाँ इजरायलको बमबारीमा कुनै कमी नआएको संयुक्त राष्ट्रका एक अधिकारीले बताएकी छन् ।
गाजाका अस्पतालहरूको अवस्था अत्यन्तै खराब छ भने उनीहरूलाई आवश्यक औषधि र सामानहरू आपूर्ति गर्न संघर्ष भइरहेको छ।
संयुक्त राष्ट्र संघको मानवीय संस्था ओसीएचएकी जेम्मा कोनेलले बीबीसीसँग कुराकानी गर्दै सोमबार मध्य गाजाको अल-अक्सा अस्पतालमा देखेको कुरा ‘पूर्ण रूपमा नरसंहार’ भएको जिकिर गरिन्। अस्पतालमा क्षमताभन्दा धेरै बिरामी देखिएकाले गम्भीर घाइते भएका धेरैको उपचार हुन नसकेको उनले बताइन् ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हालै यो लडाइँलाई तीव्रता दिने र हमासको विनाश नभएसम्म यो जारी रहने बताएका थिए । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इजरायलले आक्रमणको तीव्रता घटाउनुपर्ने बताएपछि उनको यो बयान आएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आश्रम निर्माणार्थ वृद्धाभत्तादेखि खुत्रुकेसम्म दान
-
प्रधानमन्त्री ओली मंगलबार सिरहा आउँदै, हजारौँ जनमास उतार्ने तयारी
-
आगामी बजेटमा १३ प्रतिशत भ्याटलाई घटाएर १० प्रतिशत कायम गर्न माग
-
अघोषित लोडसेडिङको मारमा कर्णाली, विद्युत् प्रणालीमा बारम्बार अवरोध
-
वन डढेलोमा संलग्नलाई बागमती सरकारले कारबाही गर्ने
-
युवामा रोजगारी सृजना अहिलेको मुख्य मुद्दा : गगन थापा