सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

घरजग्गा मेला :  दुई अर्ब ५० करोड बढीको कारोबार हुने

मङ्गलबार, १० पुस २०८०, १० : ३४
मङ्गलबार, १० पुस २०८०

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा आठौँ घरजग्गा मेला हुने भएको छ । भृकुटीमण्डपमा पुस १२ गतेबाट १५ गतेसम्म आठौँ घरजग्गा मेला हुने भएको हो । मेलामा भवन तथा संयुक्त आवास र जग्गा योजनामा आबद्ध व्यवसायी, निर्माण सामग्रीका उत्पादक तथा बिक्रेता, इन्जिनियर तथा आर्किटेक्चर कन्सल्ट्याण्टलगायत स्वदेशी तथा विदेशी प्रदर्शकका साथै बैङ्क र बीमा कम्पनीको समेत सहभागिता रहने नेपाल जग्गा तथा आवास विकास सङ्घका अध्यक्ष विदुर धमलाले बताए । 

उनले मेलामा फर्निचर, विद्युतीय सामग्री, सिमेन्ट, सजावटका सामान, स्टिल, फर्निचर, सिसा, काठ, ढुङ्गा लगायत निर्माण सामग्री प्रदर्शनमा राखिने पनि बताए । उनले अहिलेको देशको आर्थिक अवस्था केही असहज भए पनि क्रेता र बिक्रेताबिच सूचना आदानप्रदान हुने र जानकारी पाइने माध्यम बन्ने बताए ।

हरेक नागरिकहरूका लागि यो मेला महत्त्वपूर्ण रहेकाले मेलामा आएर अहिलेको घरजग्गाको कारोबारहरूबारे चासो राख्न सकिने बताउँदै उनले यस वर्ष २ अर्ब ५० करोड रुपैयाँ भन्दा बढीको कारोबार गर्ने अपेक्षा राखेको बताए । 

कोरोनाका कारण केही वर्ष यता रोकिएको घरजग्गा मेला सुरु हुनुले थप सहजता थप्ने उनको विश्वास छ । मेलाको अवलोकन डेढ लाख मानिसहरूले गर्ने आयोजकले आकलन गरेको छ । उनले मेलाको लागि अन्तिम तयारी पूरा भइसकेको पनि बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप