बोर्डले अनुमति–पत्र रद्द गरेपछि अफगानिस्तानका तीन खेलाडीको आईपीएल सहभागिता अन्योलमा

काठमाडौँ । अफगानिस्तानका तीन खेलाडीले इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी सिजन खेल्न पाउने सम्भावना कमजोर बनेको छ । अफगानिस्तान क्रिकेट बोर्डले उनीहरूलाई आईपीएल खेल्न दिएको अनुमति–पत्र रद्द गर्ने निर्णय गरेको छ ।
बोर्डले मजिब उर रहमान, फजाल हक फारुकी र नवीन उल हकलाई आईपीएल खेल्न दिएको अनुमति–पत्र रद्द गरेको हो । बोर्डसँग गरेको केन्द्रीय अनुबन्धनबाट बाहिरिने प्रयास गरेपछि उनीहरूको अनुमति–पत्र रद्द गरिएको समाचारमा जनाइएको छ ।
यी तीन खेलाडीले बोर्डसँग गरेको केन्द्रीय अनुबन्धनबाट बाहिरिएर विश्वका विभिन्न राष्ट्रमा आयोजना हुने फ्रेन्चाइज प्रतियोगिता खेल्ने प्रयास गरेपछि बोर्डले यस्तो निर्णय लिएको हो । बोर्डले यस विषयमा छानबिन गर्न समिति पनि बनाएको छ ।
सोही कारणले खेलाडीहरूसँग वार्षिक सम्झौता गर्न पनि केही विलम्ब हुने समाचारमा जनाइएको छ । छानबिन समितिको प्रतिवेदन आएपछि मात्र खेलाडीहरूसँग वार्षिक सम्झौता गरिने छ । ‘मजिब उर रहमान, फजाल हक फारुकी र नवीन उल हकका कारण राष्ट्रिय खेलाडीहरूसँग वार्षिक सम्झौता गर्ने कार्यक्रम केही समयपछि हुनेछ । यसका अतिरिक्त यी तीन खेलाडीलाई आगामी दुई वर्षका लागि अन्य राष्ट्रमा फ्रेन्चाइज प्रतियोगिता खेल्ने अनुमति पनि नदिने निर्णय गरिएको,’ बोर्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
यी तीनैजना खेलाडी आगामी मार्च–अप्रिलमा आयोजना हुने आईपीएलका लागि विभिन्न क्लबमा आबद्ध भएका छन् । अफ–स्पिनर मजिबलाई अक्सनमा कोलकाता नाइट राइडर्सले दुई करोड भारतीय रुपैयाँमा खरिद गरेको थियो । उनको न्यूनतम मूल्य पनि दुई करोड रुपैयाँ नै राखिएको थियो ।
यसैगरी तिब्रगतिका बलर नवीन र फारुकीलाई क्रमशः लखनउ सुपर जाइन्ट्स र सनराइजर्स हैदराबादले क्लबमै राख्ने निर्णय लिएको छ । यसका अतिरिक्त मजिब अस्ट्रेलियामा आयोजना हुने बिग बास लिगमा पनि मेलबर्न रेनेगाड्सको टोलीमा परेका थिए । उनलाई अफगानिस्तान क्रिकेट बोर्डले तत्काल घर फर्कन निर्देशन दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा विमानस्थलमा भ्रष्टाचार : २ अर्ब २२ करोड बढी तत्काल असुलउपर गर्न सिफरिस
-
शिक्षक आन्दोलन : सर्वोच्चको आदेश कार्यान्वयन गरी समस्या समाधानका लागि पहल गर्न बारको अपिल
-
काठमाडौँक बढ्दो शहरीकरण कसरी व्यवस्थापन गर्ने ? - राज महर्जन, शहरी योजनाकार
-
जनताले भ्रष्टाचार रोक, भ्रष्टाचार हुन नदेऊ भनेका छन् : डा.शेखर कोइराला
-
तीनकुने घटनामा संलग्न थप १२ जना हिरासतमुक्त
-
बनेन शिक्षक फर्किने वातावरण, शिक्षा मन्त्रालयले सर्वोच्चलाई पठायो जवाफ