पहिरोमा परी कङ्गोमा कम्तीमा २० जनाको मृत्यु
मङ्गलबार, १० पुस २०८०, ०९ : २९

पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) को दक्षिण किभु प्रान्तमा आइतबार भारी वर्षाका कारण आएको पहिरोमा परी कम्तीमा २० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले सोमबार स्थानीयलाई उद्धृत गर्दै जानकारी दिएका छन् ।
स्थानीय नागरिक समाजका संयोजक प्रोमेस्से माजाम्बीका अनुसार म्वेन्गाको इलाकाको कालिङ्गी गाउँमा कम्तीमा २० जनाको मृत्यु भएको छ ।
दक्षिण किभु प्रान्तको कालेहे क्षेत्रमा भारी वर्षाका कारण बाढीबाट प्रभावित क्षेत्रमा ४३८ वटा शव फेला परेका थिए। यसै बीच स्थानीय अधिकारीहरूले प्राकृतिक विपत्तिबाट ५ हजार भन्दा बढी व्यक्ति बेपत्ता भएको अनुमान गरेका छन्।
सेप्टेम्बर देखि मे महिना सम्म चल्ने वर्षाको मौसममा कङ्गोमा विनाशकारी बाढी र पहिरोका घटना सामान्य हुने गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाघको आक्रमणबाट कसरी जोगिने ?
-
माओवादी जातीय अतिवादको पक्षमा छैन : वर्षमान पुन
-
सुरक्षित मातृत्व संशोधन विधेयक संसदमा लैजाने तयारी
-
साउन १ गतेदेखि सबै प्रदेशले सवारी लाइसेन्सको छपाई गर्ने
-
प्रजनन् स्वास्थ्य अधिकार संशोधन विधेयक संसद्मा लैजाने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता
-
युक्रेनलाई अमेरिकाले दिँदै आएको सैन्य सहयोग रोकेपछि यस्तो छ रुसको प्रतिक्रिया