सगरमाथा युथ क्लब कञ्चनजङ्घा सेसेलुङलु गोल्ड कपको फाइनलमा
फुङ्लिङ । सगरमाथा युथ क्लब, मोरङ ताप्लेजुङमा जारी प्रथम कञ्चनजङ्घा सेसेलुङ गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनल खेलमा कञ्चनजङ्घाले पाँचथरलाई ४–३ गोलअन्तरले हराउँदै फाइनलमा स्थान बनाएको हो ।
निर्धारित समयमा दुवैले १–१ गोलको बराबरी खेलेपछि पेनाल्टीमार्फत खेलको निर्णय भएको हो । मोरङले बिटी फुटबल क्लब तेह्रथुमलाई ४–० गोलअन्तरले तथा पाँचथरले जलथल फुटबल क्लब, झापालाई १–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो ।
उपाधिका लागि मोरङ र सुनसरीबीच बुधबार प्रतिस्पर्धा हुनेछ । आइतबार भएको सेमिफाइनलमा सुनसरीले आठराई गाउँपालिका तेह्रथुमलाई १–० गोलअन्तरले हराउँदै फाइनल प्रवेश गरेको हो । सुनसरीले आयोजक कञ्चनजङ्घा फुङ्लिङ क्लबलाई २–१ गोलअन्तरले हराउँदै फाइनल यात्रा तय गरेको हो ।
चासोक तङनामको अवसरमा कञ्चनजङ्घा फुङ्लिङ क्लब, ङा वोरक सङजुम्भो र चासोक तङनाम सञ्चालक समितिको संयुक्त पहलमा प्रतियोगिता आयोजना गरिएको हो । खेलको विजेताले रु तीन लाख दुई हजार ८० र उपविजेताले रु एक लाख ५१ हजार ८० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ–१६ का उम्मेदवार घरदैलो अभियानलाई तीव्रता दिँदै
-
आइभरी कोस्टको नाममा लेखियो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको खराब कीर्तिमान !
-
अफगानिस्तानमा गाडी दुर्घटना, ६ जनाको मृत्यु
-
स्वास्थ्य प्रणालीमा विश्वास निर्माण गर्न सक्नुपर्छ : मन्त्री पौडेल
-
प्रधानमन्त्रीको आसन्न चीन भ्रमणबारे देउवा : चीन हाम्रो मित्र राष्ट्र हो, त्यहाँ किन नजाने ?
-
राजनीतिक अस्थिरताका कारण व्यवसायी मारमा : महासचिव पोखरेल