धनगढी नेपाल सुपर लिगको फाइनलमा

काठमाडौँ । धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ । धनगढी एफसीले पोखरा थन्डर्सलाई ‘टाइब्रेकर’मा पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा धनगढीले पोखरालाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गरेको हो । नब्बे मिनेटको निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेले । त्यसपछिको ३० मिनेटको अतिरिक्त समयमा दुवै टोलीले थप १–१ गोल गर्दै बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको हो ।
यसअघि खेलको पाँचौँ मिनेटमा पोखराले पहिलो गोल गर्दै अग्रता लिएको थियो । उक्त गोल आयुष घलानले गरेका थिए । त्यस्तै खेलको ५४औँ मिनेटमा धनगढीका लागि कप्तान देवेन्द्र तामाङले गोल गरे । यस्तै अतिरिक्त समयमा पोखराका लागि स्टेफन कोजो एनोरले तथा धनगढीका लागि अहमद हिजाजीले गोल गरेका थिए ।
मङ्गलबार काठमाडौँ र ललितपुरबीच खेल हुनेछ । उक्त त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ५ः३० बजे सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपकराज कालीराजको नयाँ गीत ‘परदेशी’ सार्वजनिक
-
नेपालले महिला तथा बालिकाको सशक्तीकरणमा उल्लेख्य उपलब्धि हासिल गरेको छ : मन्त्री सुडी
-
मेचीनगर गोल्डकप: चर्च ब्वाइज युनाइटेड फाइनलमा
-
कोशी प्रदेश प्रमुखद्वारा ५ वटा विधेयक प्रमाणीकरण (सूचीसहित)
-
लागुऔषध मुद्दामा गाउँपालिका अध्यक्षलाई एक वर्ष जेल र दुई लाख जरिवाना
-
फागुन शुक्ल पूर्णिमाः हिमाली र पहाडी जिल्लामा मनाइयो होली पर्व