डोल्पा चिनाउन काठमाडौँमा फोटो प्रदर्शनी, तस्बिरहरु
_6cbC7x1Yge.jpg)
काठमाडौँ । २४ वर्षीय राहुल गुप्ता पेसाले व्यवसायी भएपनि उनको फोटोग्राफी प्रतिको मोह त्यत्तिकै छ । डोल्पा दुनै घर भई हाल व्यापार व्यवसाय गर्न काठमाडौँ बस्ने राहुल व्यापारसँगै फोटोमार्फत आफ्नो जन्म जिल्ला चिनाइरहेका छन् ।
राहुलले डोल्पासँग जोडिएका तस्बिरहरु जम्मा गरेर बानेश्वरस्थित उजामा क्याफेमा प्रदर्शनी को लागि राखेका छन् । उनले खिचेका तस्बिरहरु डोल्पाका विभिन्न भू–भागका साथै माथिल्लो डोल्पाको संस्कृति पनि समेटिएको छ । डोल्पा चिनाउन निरन्तर लागि परेका उनले उजामा क्याफेमा ३० वटा तस्बिरहरु राखेका छन् । काठमाडौँका मान्छेहरुलाई डोल्पा देखाउन पाउँदा उनी निकै खुसी छन् । उनले खिचेका तस्बिरहरुमध्ये दुर्लभ हिउँ चितुवाको पनि छ । एउटै फ्रेममा हिउँ चितुवाको माउ र दुई वटा बच्चा गरी तीन वटा हिउँ चितुवा रहेका छन् ।
उनले आफ्नो जिल्लाको माथिल्लो भेगमा गएर थप अनुसन्धान र अध्ययन गरी हिउँ चितुवामार्फत चिनाउन लागि पर्ने बताए । उनको प्रदर्शनी यही शुक्रबारसम्म रहने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारी प्राधिकरणले अब गति लिन्छ : मन्त्री अधिकारी
-
नेपाली क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक स्टुअर्ट ल नेपाल आइपुगे
-
खोटाङमा अन्तरजातीय विवाह गर्ने पाँच दम्पती सम्मानित
-
निखिलको फिल्म ‘आचार्य’ बाट डेब्यु गर्दै उषा उप्रेती
-
शारीरिकसरह मानसिक स्वास्थ्यका संरचना निर्माण गर्नू, लान्छना लगाउनेलाई दण्डित गर्नू : सर्वोच्च अदालत (पूर्णपाठ)
-
न्यायिक समितिको सशक्तिकरणमा सहयोग गर्ने मुख्यमन्त्री कँडेलकाे प्रतिबद्धता