संक्रणकालीन न्यायसम्बन्धी विधेयक अगाडि बढाउन मुख्य तीन दल सहमत

काठमाडौँ । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्को हिउँदे अधिवेशनमा लैजान प्रमुख तीन दल सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबिच सदनमा छलफल गर्ने सहमत भएको हो ।
पीडितलाई केन्द्रमा राखेर विधेयकमाथि संसदमा छलफल गर्न बैठक महत्त्वपूर्ण भएको एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिए । यो विधेयक अन्य विधेयकभन्दा फरक र गम्भीर विषय भएर संसदीय समितिमार्फत विलमाथि छलफल तीन दल सकारात्मक छलफल भएको उनले प्रतिक्रिया दिए ।
‘पीडितलाई न्याय दिनेगरी विधेयक आगामी हिउँदे अधिवेशनमा छलफल गर्न बैठक सकारात्मक भएको छ । द्वन्द्वकालमा अमानवीय तरिकाले मारिएका, दोहोरो भिडन्तमा मारिएका, बाल सैन्य र गम्भीर प्रकृतिको हिंसामा थप गम्भीर भएर छलफल गर्न आवश्यक छ । त्यस विषयमा निरन्तर छलफल हुन्छ’, उनले भने ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी ओली लगायत मुख्य सचेतक लगायतका नेताहरू सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूकम्पपछि अस्थायी आश्रयस्थलमा राखिएको सेतो मछिन्द्रनाथको मूर्ति पुनःस्थापना (तस्बिरहरु)
-
हिउँदै बाली भित्र्याउँदा यी विषयमा ध्यान दिन आग्रह
-
९ अर्ब ५५ करोड नाफामा नेपाल आयल निगम
-
कोशी प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय
-
पर्यटक लक्षित गर्दै भारतीय सवारीमा स्टिकर टाँस अभियान सुरु
-
१० बजे १० समाचार : तीनकुनेका ‘कमाण्डर’ हिरासतमा, ज्ञानेन्द्रलाई समितिमा बोलाउन प्रस्ताव