पर्वतमा लाटोकोसेरो उत्सव हुने
![पर्वतमा लाटोकोसेरो उत्सव हुने](https://npcdn.ratopati.com/media/news/owl_uhUN0cmTys.jpg)
पर्वत । पर्वतको जलजला गाउँपालिका–५ फलामेडाँडामा पहिलोपटक लाटोकोसेरो उत्सव हुने भएको छ । आगामी माघ १९ र २० गते लोप्रे–फलामेडाँडामा लाटोकोसेरो तथा हुचिल उत्सव गरिने भएको हो ।
प्रकृतिका साथी काठमाडौँको आयोजनामा हुन लागेको महोत्सवमा लाटोकोसेरो र हुचिल संरक्षणका विविध आयामबारे चर्चा गरिनेभएको छ । स्थानीय समुदायसँगको सहकार्यमा उत्सव गर्न लागिएको लाटोकोसोरो संरक्षण अभियन्ता राजु आचार्यले जानकारी दिए ।
अवैध चोरीनिकासी, वन विनाश, विषादीको प्रयोगलगायत कारण लोपोन्मुख अवस्थामा पुगेको लाटोकोसेरो तथा हुचिल संरक्षणका लागि सचेतना जगाउन उत्सवको आयोजना गरिएको प्रकृतिका साथी नाम संस्थाका कार्यकारी निर्देशक राजु आचार्यले बताए । उनका अनुसार लाटोकोसेरो तथा हुचिल उत्सव नेपाल, अमेरिका र इटालीमा मात्र हुँदै आएको छ ।
‘लाटोकोसेरो तथा हुचिल संरक्षणमा हातेमालो गरौँ’ भन्ने नारासहित सञ्चालन हुने लाटोकोसेरो उत्सवमा लाटोकोसेरोसम्बन्धी जानकारी भएको सूचना, चित्र तथा फोटो प्रदर्शनी लाटोकोसेरोको नमूना चित्रकला प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ ।
नेपालमा पाइने २३ प्रजातिका लाटोकोसेरोमध्ये आठ प्रजातिका दुर्लभ किसिमका छन् । पहिलोपटक आयोजना गरिएको यो उत्सवले लाटोकोसेरो संरक्षणका लागि समुदायको चेतना अभिवृद्धिका साथै फलामेडाँडाको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको स्थानीय युवा पुर्ख पूर्जा पुनले बताए ।
नेपालबाट वर्षेनी लोटोकोसेरो तथा हुचिल जातको पंक्षी चोरी शिकारी हुँदै गए पनि संरक्षणको अभावमा लोप हुँदै गएको छ । वर्षेनी करोडौँ मूल्यको लाटोकोसेरो तथा हुचिल नेपालबाट बाहिरी देशमा चोरी तस्करी हुने गरेको छ ।
लाटोकोसेरोलाई किसानको साथी पनि भन्ने गरिन्छ । कृषकले मेहिनत गरी उब्जाएको अन्नबाली खाएर दुःख दिने मुसो लाटोकोसेरोको मुख्य आहारा हो । यसले राती मात्र आँखा देख्छ र रातमा मात्र मुसाको सिकार गर्छ । यो पक्षीको टाउको झट्ट हेर्दा बिरालो जस्तो देखिए पनि यसको शरीर पक्षीको जस्तै हुन्छ । तर यसको सङ्ख्या वर्षेनी घट्ने क्रममा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाजरकोट–जुम्ला सुरुङ मार्ग निर्माण गर्न ‘प्रिफिजिबिलिटी’ सम्पन्न
-
मेलम्ची नदीमा महिलाको शव फेला
-
प्रदेश सडक गुरु योजना आवश्यक अनुसार कार्यान्वयनमा ल्याइने छ : मन्त्री दुलाल
-
नेपाल र चीनबिच किन बढ्दैछ उच्चस्तरीय भ्रमण ?
-
धनुषामा धान रोपाइँ सुरु, मल अभाव
-
प्रदेश सरकारले रोजगारी सृजनाको कार्यक्रम अघि बढाएको छ : मन्त्री लम्साल