शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा राजनीतिक मिटरब्याज खाने ठाउँ होइन नयाँलाई अवसर दिनुपर्छ : रञ्जित तामाङ

सोमबार, ०९ पुस २०८०, १७ : १५
सोमबार, ०९ पुस २०८०

काठमाडौं । अखिल क्रान्तिकारीको पूर्वअध्यक्ष एवं माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जित तामाङले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा नयाँलाई अवसर दिन आग्रह गरेका छन् । सोमबार रातोपाटीसँग कुराकानी गर्दै उनले पटक–पटक मन्त्री भइसकेका, अवसर पाइसेकाहरूलाई फेरि पठाउन नहुनेमा उनले जोड दिएका छन् ।

‘राष्ट्रियसभालाई जागिर खाने, नेता व्यवस्थापन गर्ने ठाउँ बनाउनु हुँदैन । त्यो हामीलाई अमान्य छ । पार्टीले नयाँ मानिसलाई पठाउनुपर्छ । पार्टीमा योगदान गरेका तर अवसर नपाएका मध्येबाट कसैलाई पठाउँदा राम्रो हुन्छ’, उनले भने, ‘उम्मेदवार छान्दा आजको राजनीतिक घटनाक्रम, पार्टीको विचार, एजेण्डा, मुद्दालाई राष्ट्रियसभामा बलियोसँग उठाउन सक्नेलाई पठाउनुपर्छ । राजनीतिक मिटरब्याजको अन्त्य गर्नुपर्छ ।’

आगामी फागुन २० गते माओवादीबाट कोशी प्रदेशमा एक र सुदूरपश्चिममा दुई सिट रिक्त हुँदैछ । तर माओवादीबाट नै पूर्वमन्त्री, पूर्वसांसद, चुनावमा पराजितहरूले नै उम्मेदवारमा अकांक्षी देखाएपछि तामाङले नयाँलाई अवसर दिन नेतृत्वसँग आग्रह गरेका हुन् । माओवादीभित्र उनीमात्र नभइ नयाँलाई अवसर दिनुपर्नेमा मत बलियो बन्दै गएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप