मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

कर्णालीका पाँच जिल्लामा समाजवादी मोर्चा गठन

बाँकी जिल्लामा पुसभित्रै गरिसक्नुपर्ने
सोमबार, ०९ पुस २०८०, १६ : ४७
सोमबार, ०९ पुस २०८०

सुर्खेत । समाजवादी मोर्चा नेपालले कर्णाली प्रदेशका पाँच जिल्लामा कमिटी गठन गरेको छ । समाजवादी मोर्चाका प्रदेश संयोजक तथा माओवादी केन्द्रकी प्रदेश कमिटी अध्यक्ष विमला केसीले अहिलेसम्म पाँच वटा जिल्लाहरूमा मोर्चाको जिल्ला कमिटी गठन भएको बताइन् ।  सुर्खेत, कालिकोट, जुम्ला, हुम्ला र मुगुमा जिल्ला मोर्चा गठन गरिएको उनको भनाइ छ । 

सोमबार नेकपा (माओवादी केन्द्र)को प्रदेश पार्टी कार्यालयमा बसेको मोर्चाको बैठकमा नेपाली विशेषताको समाजवाद विषयमा अन्तरक्रिया गर्ने लगायतका विषयमा छलफल भएको बताइएको छ । 

उक्त बैठकबाट मोर्चा गठन गर्न बाँकी दैलेख, जाजरकोट, डोल्पा, रुकुम पश्चिम र सल्यानमा पुस महिनाको मसान्तसम्म मोर्चा घोषणा गरिसक्ने निर्णय गरिएको छ । 

साथै माघ ९ गते नेपाली विशेषताको समाजवादका विषयमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय पनि भएको अध्यक्ष केसीले बताइन् ।  

बैठकमा माओवादीका तर्फबाट केसी, नेकपाका तर्फबाट विराट सी, जसपाका तर्फबाट गगन बहादुर सारू, नेकपा (एकीकृत समाजवादी) का तर्फबाट वसन्त विश्वकर्मा सहभागी थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप