लोभले दिएको पीडा

एकादेशमा एउटा गाउँ थियो । त्यो गाउँमा एउटी आमाको कोखबाट जन्मिएकी एउटी केटी थिइन् । उनकी आमा धेरै लोभी थिइन् । उनकी छोरीलाई लोभी बन्न सिकाउँथिन् । उनकी छोरी ठुली भइन् । उनलाई फाइदा हुन्थ्यो भने मात्रै सहयोग गर्थिन् । सहयोग नगर्ने कामहरू, जस्तै– गरिबलाई सहयोग नगर्ने, पैसा नलिई काम नगर्ने, अरूलाई सामान सार्न सहयोग नगर्ने आदि थिए । उनी धेरै रिसालु थिइन्, अरूसँग झर्किएर बोल्थिन् । धेरै मानिसहरूले उनलाई मन पराउन छोड्दै थिए । त्यसैले उनले सहर छोडेर अर्को सहरमा जानुपर्यो ।
त्यो एउटा अचम्मको सहर थियो । त्यो सहरमा वार्षिक जुन मान्छेले सबैलाई सहयोग गर्थे । त्यस मान्छेको अगाडि भगवान् आउनुहुन्थ्यो । त्यो मान्छेको चाहना पूरा गर्नुहुन्थ्यो । त्यसैले उनले राम्रो काम गरेको नाटक देखाउन थालिन् । ती केटीको भगवानसँग मागेर एउटा चाहना पूरा गर्ने इच्छा थियो ।
ती लोभी केटीले सहयोग गरेको नाटक गर्दा उनका अगाडि भगवान् प्रकट हुनुभयो । भगवानले उनलाई एउटा चाहना राख्न भन्नुभयो । उनी खुसी हुँदै भनिन् कि भगवान् मैले जे छुन्छु त्यो सुन होस् । भगवानले उनको चाहना पूरा गर्नुभयो ।
उनी रमाउँदै घर आउँदा आमासँग पुगिन् । आमालाई बोलाउँदा आमालाई नजानी छोइदिइन् । उनकी आमा सुन बनिन् । उनी धुरु धुरु रुन थालिन् । उनले भनिन् कि कास म यति लोभी नभएको भए हुन्थ्यो । म लोभी भएर मैले दुःख पाएँ । त्यो दिनदेखि उनले सबैलाई मनदेखि सहयोग गर्न थालिन् । त्यो दिनदेखि उनले आफ्नो इष्टमित्र सबैलाई लोभी बनेर काम छैन भनेर सम्झाउँथिन् ।
एक दिन त्यो केटीले एउटा मान्छेले पुरस्कार पाएको देखिन् । त्यो पुरस्कार पाउने मान्छेको छेउमा बस्ने अर्को एउटा मान्छेले पुरस्कार लिन खोजेका थिए । ती पनि लोभी थिए । उनलाई पुरस्कारको लोभ लागेको थियो । उनले त्यो पुरस्कार कसैलाई नभनी चोरेर लिन खोजेको थिए ।
त्यो घटना ती केटीले देखिन् र सोधिन्, ‘तिमीले यो के गरेको हो ?’
ती चोर मान्छेले भने कि अर्को मान्छे पहिलो भए र म पछाडि भएँ । मेडलमा नाम लेखेको छैन । त्यसैले म पहिलो मेडल लिन चाहन्छु । ती केटीले आफूले लोभ गर्दा आफ्नी आमासँग भएको सबै घटना भनिन् । उनी पनि धुरुधुरु रोएर भने कि तपाईंको आमाका लागि म दुःखी भएँ । आजदेखि म लोभी हुँदिनँ भने ।
केटी घर गएर खुसी साथ आफ्नो जीवन बिताइन् । यो देखेपछि भगवान् प्रसन्न भएर त्यो केटीकी आमालाई फेरि सुनबाट जिउँदो आमा बनाइदिनुभयो । आमा र छोरी दुष्टबाट राम्रो बनी सुध्रिए ।
काशी नोबल एकेडेमी
कक्षा ५
भैरहवा–१२
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राजागंज’को ट्रेलर : संविधान जारीपछिको मधेस आन्दोलन र अपहरणको कथा
-
जागरण अभियान बहुआयामिक र गुणात्मक भएको माओवादीको निष्कर्ष
-
केपी ओली कपले यातायात अस्तव्यस्त
-
चुडामणि शर्माविरुद्धको मुद्दामा प्रमाण झिकाउन सर्वोच्चको आदेश
-
सकियो 'हरिबहादुरको जुत्ता'को छायांकन, फूलपातीमा रिलिज हुने
-
प्रकृति लम्साललाई न्याय दिलाउने परराष्ट्रमन्त्री आरजुको प्रतिबद्धता