सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

खोजेजस्तो भूमिका पाएकै छैन : अग्रहरी

सोमबार, ०९ पुस २०८०, १३ : ४५
सोमबार, ०९ पुस २०८०

काठमाडौँ । थिएटर र फिल्म दुबैमा भिजेका अभिनेता हुन्, प्रमोद अग्रहरी । भारतको दिल्लीमा नाट्यकला सिकेका उनले दर्जनौँ फिल्म अभिनय गरिसकेका छन् । तर अभिनयको प्यास नबुझेको उनी बताउँछन् । आफ्नो अभिनय क्षमता अनुसार अहिलेसम्म फिल्म नपाएको उनको गुनासो छ । 

आखिर कस्तो फिल्मको पर्खाइमा छन् त प्रमोद ? यस्तो उस्तो भन्दा पनि समाजमा देखिएको हरेक पात्र र घटेका घटनाहरूका पात्रमा काम गर्न, बाँच्न मन भएको उनी बताउँछन् । ‘जसरी फिल्महरू आइरहेका छन् । त्यो हेर्दा मलाई किन कास्ट गरिँदैन भनेर मनमा प्रश्नहरू आइरहेको हुन्छ’ उनले भने ।

प्रमोद अभिनीत नयाँ फिल्म ‘चित्रा’ रिलिजको संघारमा छ । २७ पुसबाट सार्वजनिक प्रदर्शनमा आउने ‘चित्रा’मा उनको  भूमिका ‘कान्छा दाइ’को छ । जुन भूमिका फिल्मको भिलेन पनि हो । भिलेन भन्दा पनि अभिनय भेराइटी हिसाबले फिल्म रोजेको उनी बताउँछन् ।

अग्रहरी हरेक फिल्ममा भूमिका अनुसार गेट अप पनि फरक गर्छन् । यो फिल्ममा पनि उनको गेटअप र हाउभाउ फरक हुने त भयो नै । फिल्ममा गेटअफ मात्र होइन, बोलीचालीको लवज समेत फरक गरेको उनले सुनाए । 

‘चित्रा’ बाबु छोरीको कथामा बनेको हो । त्यही कथाको कारण उनले यो फिल्म रोजेका हुन् । ‘मेरो लागि बुबा भनेको जहिले पनि हिरो हो’, प्रमोदले भने ‘त्यही थिम फिल्मको पनि भएकोले रोजाइमा पर्‍यो ।’

प्रमोद पछिल्लो समय बाहिरको फिल्म अभिनयको अलवा आफै फिल्म निर्माण तरखरमा छन् । त्यसका लागि उनले आफ्नै प्रोडक्सन हाउसबाट काम पनि थालेका छन् ।  केही फिल्मको स्क्रिप्ट लेखन कार्यसमेत भइरहेको छ ।  एक फिल्म उनी छिट्टै फ्लोरमा लैजाने तरखरमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप