बेइजिङमा अहिलेसम्मकै चिसो डिसेम्बर
सोमबार, ०९ पुस २०८०, १३ : ०३

बेइजिङ । चीनको राजधानी बेइजिङमा अहिलेसम्मकै चिसो डिसेम्बर महिना रेकर्ड गरिएको छ । सन् १९५१ मा तथ्यांक राख्न सुरु गरे यताकै सबैभन्दा चिसो महसुस गरिएको हो ।
यो महिना सहरको तापक्रम नियमित रुपमा माइनस १० डिग्री सेल्सियसभन्दा कम मापन गरिएको छ । यो वर्ष बेइजिङमा चरम मौसम अनुभव गरिएको छ । छ महिनाअघि बेइजिङमा अहिलेसम्मै सबैभन्दा तातो जुन महिना अनुभव गरिएको थियो । त्यतिबेला तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी मापन गरिएको थियो ।
चीनमात्र नभएर जापानको उत्तरी भागमा अत्यधिक हिमपात भइरहेको छ भने दक्षिण कोरियामा पनि अत्यन्तै चिसो महसुस गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आधुनिक नेपाल एकीकरण अभियानका बडाकाजी अमरसिंह थापा
-
रातो मच्छिन्द्रनाथ रथारोहणका लागि तयारी तीव्र (तस्बिरहरु)
-
गणतन्त्र बलियो बनाउनु नै आजको आवश्यकता
-
२० करोड बराबरको यार्सागुम्बा निर्यात
-
सभापति देउवाद्वारा डङ्गोलको निधनप्रति दुःख व्यक्त
-
एनएसएल फाइनल : पोखराले रोक्न सक्ला साबिक विजेता ललितपुरको अपराजित यात्रा ?