लुम्बिनीको दोस्रो जित, लगातार चौथो खेलमा पराजित भयो कर्णाली प्रदेश
काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको सोमबार खेलिएको खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ३० रनले हराएको छ । जारी प्रतियोगितामा चार खेल खेलेको लुम्बिनी प्रदेशको यो दोस्रो जित हो । दुई खेलमा भने लुम्बिनी प्रदेश पराजित भएको छ । चार खेल खेलेको कर्णाली प्रदेशको भने यो लगातार चौथो हार हो ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेशले निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय ३३ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको कर्णाली प्रदेशले भने निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय तीन रनमात्र बनाउन सक्यो ।
अघिल्ला खेलको तुलनामा सुधारिएको ब्याटिङ गरेको कर्णाली प्रदेशका लागि ओपनर यमुना थारुले २१ रन बनाइन् । उनले २९ बलमा चार चौका पनि हिर्काइन् । छैटौँ नम्बरमा क्रिज समाल्न आएकी गौरी बोहराले पनि टोलीका लागि २२ रन बनाइन् । उनले २२ बलमा दुई चौका हिर्काइन् ।
रश्मी खड्काले अविजित ११ रन जोडिन् । अञ्जु गुरुङले पनि अविजित १३ रन बटुलिन् । उनले ६ बलमा तीन चौका हिर्काइन् । कर्णाली प्रदेशका अन्य ब्याट्रले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । कर्णालीले अतिरिक्त रुपमा १९ रन पायो ।
लुम्बिनी प्रदेशका बलर कृतिका मरासिनी र सरस्वती पुनले दुई–दुई विकेट लिए । कृतिकाले चार ओभरमा १७ रन र सरस्वतीले चार ओभरमा १५ रन खर्चिइन् । चमेली चौधरी र सर्मिला रोक्काले पनि एक–एक विकेट हात पारे ।
त्यसअघि कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेशका लागि सरस्वती जीएमले अर्धसतकीय पाली खेलिन् । तेस्रो नम्बरमा क्रिज समाल्न आएकी सरस्वतीले अविजित ५३ रन बनाइन् । उनले ६२ बलको सामना गरी सात चौका पनि प्रहार गरिन् ।
ओपनर ब्याटर आसमा पुलामी मगरले पनि २५ रन बनाइन् । आसमाले २५ बलको सामना गरी तीन चौका हिर्काइन् । लुम्बिनीले चार रनको कुल स्कोरमै पहिलो विकेट गुमाएको थियो । त्यसपछि सरस्वती र आसमाले टोलीको स्कोरलाई ४८ रनको स्थितिसम्म पु¥याएका थिए ।
लुम्बिनीका लागि चमेली चौधरीले पनि १८ रनको योगदान गरिन् । उनले २२ बलमा दुई चौका हिर्काएकी थिइन् । मधु डीसी दुई रनमा अविजित रहिन् । लुम्बिनी प्रदेशले अतिरिक्त रुपमा पनि २५ रन पाएको थियो । कर्णाली प्रदेशका बलर यमुना थारु, रश्मी खड्का र तृषणा विश्वकर्माले एक–एक विकेट हात पारे । उक्त खेलमा सरस्वती जीएम प्लेयर अफ दी म्याच घोषित भइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईँ हरिसिद्धी अस्पतालमा भर्ना
-
प्रधानमन्त्रीको चीन भ्रमण स्कीकृत
-
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका : पकड गुम्न नदिने माओवादीको रणनीति, खोस्ने दाउमा कांग्रेस–एमाले
-
विद्युत् खरिदको रकमबाट बक्यौता कटाउने कुलमानको पत्र
-
नक्कली यौनवर्धक औषधी उत्पादन गरेको आरोपमा ३ जना पक्राउ
-
रविको समर्थनमा त्रिभुवन विमानस्थलमा प्रदर्शन, तस्बिरहरू