देवघाटमा माघेसङ्क्रान्ति मेलाको तयारी
चितवन । पवित्र तीर्थस्थल देवघाटमा माघेसङ्क्रान्ति मेलाको तयारी थालिएको छ । देवघाटमा माघेसङ्क्रान्तिका अवसरमा स्वदेशी तथा विदेशी भक्तजन धेरै सङ्ख्यामा आउने भएकाले तयारी थालिएको हो ।
देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार त्रिशूली नदीमाथिको झोलुङ्गे पुल मर्मतका लागि सस्पेन्सन डिभिजन कार्यालयमा पत्राचार गरिएको छ । त्यहाँको प्राविधिक टोलीले स्थलगत अध्ययन गरिसकेको र चाँडै आवश्यक मर्मतसम्भार गर्ने उनले जानकारी दिए ।
मेलामा भक्तजनको सङ्ख्या विगतको तुलनामा बढ्ने अनुमान गरिएको छ । बरालका अनुसार यस वर्षको साउन महिनाको सोमबार, सद्विज छर्ने दिन र अन्य विशेष दिनमा भक्तजन बढी आएकाले माघेसङ्क्रान्तिमा पनि बढ्ने अनुमान गरिएको हो । गत वर्ष माघेसङ्क्रान्ति मेला भर्न तीन लाख हाराहारी भक्तजन देवघाट आएको अनुमान गरिएको थियो । बरालका अनुसार यो वर्ष पाँच लाख हाराहारी भक्तजन आउने अनुमान छ ।
यसैअनुरुप आवश्यक सुरक्षा, धुनी, ट्राफिक व्यवस्थापन, पार्किङ, सरसफाइ, बत्ती, शौचालय, खानेपानीलगायत व्यवस्थापनका लागि गृहकार्य भइरहेको छ । नदीमा हुनसक्ने दुर्घटनाको पूर्वतयारीका लागि सशस्त्र प्रहरीलगायतका सुरक्षा निकायका अङ्ग परिचालन हुँदैछ ।
यही पुस १३ गते चितवन, तनहुँ र नवलपरासीका प्रमुख जिल्ला अधिकारीसहित सरोकार भएकाको बैठक बसेर विभिन्न जिम्मेवारी बाँडफाँट गरिने उनले जानकारी दिए ।
देवघाट कालीगण्डकी र त्रिशूलीको सङ्गममा रहेको छ । एकातर्फ कालीगण्डकी अर्कातर्फ त्रिशूली नदी प्रवाहित भएर यी दुईको सङ्गमस्थल नै देवघाट हो । यहाँ माघेसङ्क्रान्तिमा देवता पनि स्नान गर्न आउँछन् भन्ने किंवदन्ती रहेको छ । यहाँ स्नान गरेमा मोक्ष प्राप्त हुने जनविश्वास रहिआएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आलुको बोराभित्र लुकाएर ओसार्दै गरेको साढे २९ किलो चरेससहित तीन युवा पक्राउ
-
अमेरिकाले ‘युएसएआईडी’का ८३ प्रतिशत कार्यक्रम रद्द गर्दै
-
विषालु रसायनले भरिभराउ जहाज र तेल ट्याङ्कर ठोक्किदा भयानक दुर्घटना, ३६ जनाको उद्धार
-
रातोपाटी ब्रिफिङ : कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णितदेखि राजावादीले ‘हल्लाए गणतन्त्रको जग’सम्म
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त