शरणार्थी शिविरमा इजरायली आक्रमण, कम्तीमा ७० जनाको मृत्यु

गाजा । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले मध्य गाजाको अल-मगाजी शरणार्थी शिविरमा इजरायली हवाई आक्रमणमा कम्तीमा ७० जनाको मृत्यु भएको जनाएको छ।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल-कुद्राका अनुसार यस क्षेत्रमा ठूलो संख्यामा परिवार बस्ने भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको बताएका हुन् । इजरायली सेनाले उनीहरूले आक्रमणको रिपोर्टको अनुसन्धान गरिरहेको बताएको छ।
यस हमलामा परी घाइते भएका दर्जनौँ मानिसलाई माघाजी नजिकै रहेको अल-अक्सा अस्पतालमा लगिएको छ। सार्वजनिक भएको फुटेजमा धेरै बालबालिकाको शव रगतले लतपतिएको देखिन्छ ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार राति भएको आक्रमणबाट तीन घर प्रभावित भएका छन्। प्रवक्ताका अनुसार आक्रमणमा एक घना जनसंख्या भएको आवासीय ब्लक ध्वस्त भएको छ।
यसबिच इजरायली र अरब मिडियाका अनुसार इजिप्टले इजरायल र हमासबीच युद्धविरामका लागि नयाँ प्रस्ताव गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेता ब्रान्डविरुद्ध बलात्कारको मुद्दा
-
संविधानमाथि चुनौती दिन केही शक्ति सक्रिय : महासचिव पोखरेल
-
‘अबको दशक मिल्काइसकेको पात्रको बारेमा छलफल गर्ने समय होइन’
-
ऋषभ पन्तलाई १२ लाख भारतीय रुपैयाँ जरिवाना
-
‘रवि लामिछानेको लडाइँ कानुनी मात्रै होइन, राजनीतिक लडाइँ पनि हो’
-
शिक्षकका जायज माग सम्बोधनमा ढिला हुनु हुँदैन : एनपी साउद