एपीएफले भारतीय क्लब वन्डरर्सलाई दियो १४५ रनको लक्ष्य
काठमाडौँ । वीरगञ्जमा जारी नेपाल प्रो क्लब च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगिताको सोमबारको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले भारतको नोयडास्थित वन्डरर्स क्लबलाई जितका लागि एक सय ४५ रनको विशाल लक्ष्य दिएको छ ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको एपीएफ क्लबले निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय ४४ रन बनाएको हो । एपीएफ क्लबका लागि ओपनर हरिशंकर शाहले २३ र आसिफ शेखले १९ रनको योगदान गरे । हरिशंकरले २५ बलमा चार चौका थत आसिफले २२ बलमा एक छक्का र दुई चौका पनि हिर्काए ।
कप्तान प्रदीप ऐरीले पनि टोलीको खातामा २४ रन थपे । उनले २२ बलको सामना गरी एक छक्का र एक चौका पनि हिर्काए । सुमित महर्जन ११ रनमा आउट भए । सन्दीप जोराले २० रन बनाए । उनले १५ बलमा दुई चौका हिर्काए । लोकेश बमले अविजित १९ रन र अमर रौतेलाले अविजित १७ रन बनाए ।
एपीएफ क्लबले अतिरिक्त रुपमा पनि ११ रन पाएको थियो । वन्डरर्सका बलर अलिप्त गुप्ताले दुई विकेट लिए । हर्षित सेठी, सञ्जिव चतुर्वेदी र रितिक वत्सले पनि एक–एक विकेट हात पारे । एपीएफ क्लब यसअघि आफूले खेलेको दुईमध्ये एक खेलमा विजयी र एक खेलमा पराजित भएको छ । भारतीय क्लब वन्डरर्सले भने यसअघि आफूले खेलेको दुबै खेलमा पराजय भोगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा एमालेलाई समर्थन नगर्न माओवादीको निर्देशन
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
प्रधानमन्त्रीसँग ८७ जना चीन भ्रमणमा जाने
-
दुर्गा प्रसाईँ हरिसिद्धी अस्पतालमा भर्ना
-
प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत
-
महेन्द्र राजमार्गको कमला–कञ्चनपुर चिनियाँ कम्पनीले अवैध उत्खनन गरेको भन्दै सर्वोच्चमा रिट