देशभर १७ हजार भन्दा बढी पशु चौपाया लम्पी स्किनका सक्रिय संक्रमित

काठमाडौँ । देशभर १७ हजार भन्दा बढी पशु चौपाया अझै लम्पी स्किनका सक्रिय संक्रमित छन् । १७ हजार ३ सय लम्पी स्किनका सक्रिय संक्रमित पशु चौपाया रहेको पशु सेवा विभागले जनाएको छ ।
देशभर कुल गाईभैंसीको संख्या ७५ लाखमध्ये १५ लाख ३६ हजार पशु संक्रमित भएका थिए । विभागका अनुसार संक्रमित पशुसंख्यामध्ये अझै देशभर १७ हजार ३ सय पशु चौपाया लम्पीका स्किन सक्रिय संक्रमित रहेका हुन् । हालसम्म ६५ हजार ४ सय पशु चौपायाको मृत्यु भइसकेको छ ।
मृत्यु भएका पशु चौपायाको क्षति ७६ अर्ब ४ लाख रुपैयाँ नेपाल पशु चिकित्सा परिषद्को अनुमान छ । संक्रमित पशुमध्ये ९४ दशमलव ६२ प्रतिशत पशु चौपाया निको भइसकेका छन् भने १ दशमलव १ दशमलव १२ प्रतिशत सक्रिय संक्रमित रहेका छन् ।
संक्रमितमध्ये ४ दशमलव २६ प्रतिशत पशुको मृत्यु भइसकेको परिषद्ले जनाएको छ । हालसम्म १० लाख ५३ हजार ५ सय ५२ पशुचौपायालाई लम्पी स्किनको विरुद्धको खोप लगाइएको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँस सम्मेलनको तयारी पूरा
-
किन २४ घण्टे स्पष्टीकरणमा परे कुलमान ?
-
बागमती प्रदेशस्तरीय दुई दलीय संयन्त्रको बैठकको ७ बुँदे निर्णय
-
कर्णालीमा मन्त्रिपरिषद् बैठक : के–के भए निर्णय ?
-
ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा लागेको निषेधाज्ञा अन्त्य हुँदै
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)