५६ वर्षको उमेर अरबाजले गरे दोस्रो विवाह
_BgIOJfdmIq.jpg)
मुम्बई । अभिनेता तथा फिल्म मेकर अरबाज खानले ५६ वर्षको उमेर दोस्रो विवाह गरेका छन् । उनले मेकअप आर्टिस शौरा खानसँग आइतबार साँझ विवाह गरेका हुन् ।
दुवैको विवाह समारोह अरबाजकै बहिनी अरपिताको घरमा आयोजना भएको थियो । अरबाजले मध्यरात सामाजिक सञ्जाल मार्फत श्रीमती शौराको साथ फोटो सेयरसमेत गरेका छन् । तस्बिरका साथ उनले लेखेका छन्, ‘हाम्रो प्रियजनको उपस्थितिमा हामी एक भएका छौँ । हाम्रो यो खास दिनमा तपाई सबैको आर्शीवाद र शुभकामना चाहियो ।’
अभिनेत्री रवीना टन्डनले पनि मध्यरात एक भिडियो सार्वजनिक गरेकी छन् । जसमा उनले लेखेकी छन्, ‘बधाई बधाई, बधाई डार्लिङ शौरा खान र अरबाज खान ।’ अरबाजसँग विवाह गर्ने शौरा रवीनाकी मेकअप आर्टिस्ट हुन् ।
विवाहमा अरबाजका नजिकका साथी र परिवार सदस्यमात्र सहभागी थिए । उनका बुबा सलीम, भाइ सलमान, सोहेल र बहिनी अलवीर खान लगायत सहभागी थिए । अभिनेत्री रिद्धिमा पण्डित पनि विवाहमा पुगेकी थिइन् । गायक हर्षदीप कौरले विवाहमा प्रस्तुति दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन एसियाली राजमार्गले निम्त्याएको प्रदूषण नियन्त्रण गर्न स्थानीयको माग
-
सञ्चारकर्मी तथा गीतकार राधिकाको ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
-
डढेलोले सखाप हुँदै जङ्गल
-
काठमाडौँमा शिक्षकको आन्दोलन, गोरखाका जनप्रतिनिधि सङ्घ सरकारसँग रिसाए
-
तीनकुनेको प्रदर्शनमा आगजनी र तोडफोड गरेको आरोपमा थप ६ जना पक्राउ