आर्क्स ग्रुपले हाइलोङ ब्रान्डको विद्युतीय माइक्रो भ्यान भित्र्याउँदै
सोमबार, ०९ पुस २०८०, १० : ४१

काठमाडौँ । नेपाली बजारमा चीनमा निर्मित हाइलोङ ब्रान्डको विद्युतीय माइक्रो भ्यान भित्रिने भएको छ । बजारको आवश्यकता र विद्युतीय सवारीप्रति बढ्दो मागलाई दृष्टिगत गर्दै आर्क्स ग्रुपद्वारा हाइलोङ ब्रान्डको विद्युतीय माइक्रो भ्यान भित्र्याउन लागेको हो ।
मध्यम तथा छोटो दूरी, स्कूल, अस्पताल, पर्यटन प्रयोजनमा सञ्चालन गर्न उपयुक्त हुने १४ सिट क्षमताको माइक्रो भ्यान सीघ्र बजारमा उपलब्ध हुने आर्क्स ग्रेुपले जनाएको छ ।
हाइलोङ अटोमोबाइल ब्राण्डका गाडीहरु चीन लगायत दक्षिण कोरिया, मलेसिया, थाइल्याण्ड, कम्बोडिया र लाओसमा बिक्री हुँदै आएका छन् ।
हाइलोङको स्थानीय साझेदार आर्क्स ग्रुप ४५ वर्षदेखि नेपालको विभिन्न क्षेत्रमा गतिशील व्यावसायिक समूहको रूपमा स्थापित रहँदै आएको छ । यस ग्रुपसँग अटोमोबाइल क्षेत्रमा २५ वर्षको अनुभव रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल प्रहरी अस्पताल महाराजगन्जको ४१औँ वार्षिकोत्सव सम्पन्न
-
‘यही व्यवस्था र अवस्थामा भ्रष्टाचारको जालोले देश सकाउँछ’
-
प्रधानमन्त्री ओली अर्घाखाँचीको पाणिनीमा
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान नियमित गर्न माग गर्दै आन्दोलनको घोषणा
-
८ दिनदेखि सडकमै छन् शिक्षक, तस्बिरहरू
-
नेपालको आर्थिक वृद्धि ४.४ प्रतिशत हुने एडीबीको प्रक्षेपण