पूर्वप्रदेश प्रमुखद्वारा ४२औँ पटक रक्तदान

रौतहट । मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराजले ४२ औँ पटक रक्तदान गरेका छन्। काठमाडौँको कालीमाटीस्थित ब्लड बैंकको केन्द्रीय कार्यालयमा आइतबार ४२ औँ पटक रक्तदान गरेको अहिराजले बताएका हुन्।
रक्तदानले जीवनदान हुनुका साथै आफ्नो स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पर्ने भएको कारण झन्डै २० वर्ष अघिदेखि रक्तदान सुरु गरेको उनको भनाई छ। मुलुकमा पहिलो मधेस आन्दोलन पूर्ण उचाइमा रहँदा २०६१ सालमा आन्दोलनकारी र सुरक्षाकर्मीबिच दैनिक जसो दोहरो झडप भइरहेको थियो। सो समय झडपमा घाइते हुने गरेका आन्दोलनकारीलाई रगतको आवश्यकता हुँदा रगतको अभाव भइरहेको थियो। सोही समय आन्दोलनकारी घाइतेलाई रक्तदान गरी सुरु गरिएको रक्तदानलाई हालसम्म निरन्तरता दिएको अहिराजले बताएका छन् ।
देश तथा समाजका अगुवाले रक्तदान गर्दा सर्वसाधारणलाई राम्रो सन्देश जाने र उनीहरुलाई पनि रक्तदान गर्न प्रेरित गर्ने उनको जिकिर छ। कम्तीमा ५० पटक रक्तदान गर्ने आफ्नो चाहना रहेको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विषादीको उच्च मात्रा भेटिएपछि अनुगमन टोलीद्वारा बेच्न राखिएको काउली नष्ट
-
उपल्लो मुस्ताङको माथिल्लो भेगमा हिमपात
-
१२ बजे, १२ समाचार : हाकिमको विषयलाई लिएर बालेन-सुनिता टकरावदेखि दल विभाजनसम्बन्धी विधेयक ल्याउने सरकारको तयारीसम्म
-
सर्लाहीका दुई निजी अस्पतालमा अनुगमन, दुवै अवैध
-
महाशिवरात्रिमा पशुपति क्षेत्रमा जम्मा भएको फोहर सफाइ गरियो
-
कटारी गोल्डकपको उपाधि च्याम्पियन ब्वाइज काठमाडौँले जित्यो