सोमवारदेखि रास्वपाको नारायणगढ- बुटवल दबाब यात्रा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सोमबारबाट चितवनको नारायणगढदेखि बुटवलसम्म दबाब यात्रा आयोजना गर्ने भएको छ । आइतबार सो पार्टीका सभापति रवि लामिछानेले सोमबारदेखि ३ दिनसम्म दबाब यात्रा आयोजना गर्ने जानकारी दिएका हुन् । ‘रास्वपाको दबाब यात्रा’ नाम दिइएको सो अभियान सोमबार बिहान ९ बजे गैंडाकोट पुल्चोकबाट सुरु हुने जनाइएको छ ।
११३ किलोमिटर दूरी पार गर्ने गरी सुरु भएको सो दबाब अभियानको उद्देश्य पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको स्तरोन्नतीमा भइरहेको बिलम्ब र यात्राका क्रममा नागरिकले खेप्नुपरेको सास्तीबारे सरकारको ध्यानाकर्षण गराउनु रहेको सभापति लामिछानेले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
सो यात्रामा रास्वपाका नेता र सांसदहरु समेत सहभागी हुने जनाइएको छ । यात्राका क्रममा सडकको दायाँवायाँ बस्ती छिरेर वा निश्चित ठाउँमा भेला भएर स्थानीयवासीसँग अन्तरक्रिया गर्ने चाहाना हुँदाहुँदै पनि योपटक समय छुट्याउन असमर्थ भएको सभापति लामिछानेले बताएका छन् ।
उनले यात्राका क्रममा बीच बीचमा स्वागत वा अन्य कार्यक्रम नराख्न समेत अनुरोध गरेका छन् । सभापति लामिछानेले भनेका छन्, ‘हाम्रो उद्देश्य सांकेतिक रुपमा सरकारको ध्यानकर्षण गराउनु हो । र, सवारी साधनको आवत जावतमा कुनै अवरोध नहोस् भन्नेमा पनि हामी सचेत छौं ।’
सभापति लामिछानेले दबाब यात्रामा साथ दिन आउने कसैले पनि झन्डा, लोगो, टिसर्ट लगायत पार्टी सम्बद्ध कुनै पनि वस्तु प्रयोग नगरिदिन समेत आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल प्रिमियर लिग क्रिकेटको मुख्य प्रयोजक सिद्धार्थ बैंक हुने
-
चुस्त, दुरुस्त, सक्षम र पारदर्शी प्रशासन सरकारको उच्च प्राथमिकतामा : प्रधानमन्त्री
-
प्रधानमन्त्री ओलीको चीन भ्रमण ‘चाइना कार्ड’ : प्रचण्ड
-
एनपीएल स्टार स्पोर्ट्स च्यानलबाट प्रत्यक्ष प्रसारण हुने
-
विश्वकप क्रिकेट प्रतियोगिताका लागि छनोट टोलीलाई १० लाख रुपैयाँ दिने घोषणा
-
समाजवाद थोपर्ने होइन, जगैदेखि उमार्ने हो : प्रचण्ड