नयाँ भेरियन्ट पत्ता लगाउन जिन सिक्वेन्सिङ

काठमाडौँ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट पत्ता लगाउनका सीमा नाकाबाट आउने सङ्क्रमितको नमुना सङ्कलन गरेर अणुवाङ्शिक अध्ययन (जिन सिक्वेन्सिङ) गरेको छ ।
प्रयोगशालाले सीमा नाकामा सङ्क्रमितबाट सङ्कलन गरिएका नमुनाको जिन सिक्वेन्सिङ गरेको हो । प्रयोगशालाका निर्देशक डा रञ्जनराज भट्टले १४ नमुनाको जिन सिक्वेन्सिङ गर्दा भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट भेरिएन्ट अफ इन्टरेस्ट) फेला नपरेको बताए ।
उनले ति नमूनामा जिन सिक्वेन्सिङ गर्दा कोरोना भाइरसको पुरानो भेरियन्ट ओमिक्रोनको भेरियन्ट देखिएको बताए । भारतबाट नेपाल प्रवेश गर्ने सीमा नाकामा नोभेम्बर महिनामा सङ्कलन गरिएका नमुनाको जिन सिक्वेन्सिङ गरिएको हो ।
“सीमा नाकाबाट फेरि पनि जिन सिक्वेन्सिङका नमुना पठाउन भनेका छौँ”, उनले भने, “डिसेम्बर महिनाका पनि हामीले जिन सिक्वेन्सिङ गर्ने छाैँ ।” सरकारले भारतको केरला राज्यमा देखिएको सङ्क्रमणको रोकथाम र उपचारको लागि तयारी अवस्था रहेकाले सबैलाई नडराउन आग्रह गरेको छ ।
प्रयोगशालाले चीनमा बालबालिकामा देखिएको कडा खालको निमोनियाको जिन सिक्वेन्सिङ गर्ने तयारी गरेको छ । प्रयोगशालाका निर्देशक डा भट्टले जिन सिक्वेन्सिङका लागि किट रहेकोले नमुना सङ्कलन गर्ने तयारी भइरहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रीका स्वकीय सचिवको सुसाइड नोट, ‘गिरोहले अफवाह फैलाए, मलाई बदनाम गराए’
-
एप स्टोरबाट एप्पलले हटायो १ लाख ३५ हजार एप
-
रम्तेल स्मृति राष्ट्रिय पुरस्कार आमा सरिमायालाई
-
परराष्ट्रमन्त्री राणाद्वारा स्पेन र स्लोभाकियाका विदेशमन्त्रीसँग भेटवार्ता
-
मौद्रिक नीतिको दोस्रो समीक्षाबारे निजी क्षेत्रको प्रतिक्रिया : बैंकले मागेजस्तै आयो
-
प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबिच भेट