गाजामा जारी द्वन्द्व तत्काल अन्त्य हुने प्यालेस्टिनी राष्ट्रपतिकाे विश्वास
रमल्लाह । प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले आइतबार आगामी क्रिसमसको दिन गाजा र कब्जा गरिएको प्यालेटिनी क्षेत्रका बाँकी भूभागमा द्वन्द्व अन्त्यको दिन हुने विश्वास व्यक्त गरेका छन् ।
“यो हमला, जबरजस्ती विस्थापन र हजारौँ घरलाई ध्वस्त पार्ने प्रयासबाट हाम्रा कुनै पनि व्यक्ति अछुतो रहेनन्”, क्रिसमसका अवसरमा उनले एक भाषणमा भने,“रगतको खोलो, ठूलो बलिदान, पीडा र आफ्नो भूमिमा प्यालेस्टिनी जनताको वीरतापूर्ण दृढ स्वतन्त्रता तथा मर्यादाको बाटो हो ।”
गाजास्थित स्वास्थ्य मन्त्रालयले आइतबार गाजापट्टीमा जारी इजराइली हमलामा पछिल्लो २४ घण्टामा कम्तीमा एक सय ६६ प्यालेस्टिनीको मृत्यु र तीन सय ८४ जना घाइते भएको जनाएको छ । प्यालेस्टिनी सुरक्षा स्रोतका अनुसार गाजापट्टीका अधिकांश भागमा हवाई, स्थल र समुद्रबाट तीव्र इजराइली बमबारीका साथै भूमिगत कारबाही जारी रहँदा त्यतिका सङख्यामा प्यालेस्टिनीको ज्यान गएको हो ।
अल–जायटोन छिमेकको पूर्वी बाहिरी इलाका र गाजा सहरको दक्षिणी इलाकामा पछिल्लो केही घण्टामा सबैभन्दा तीव्र झडपहरू भएको र यसक्रममा विस्फोटको आवाज पनि सुनिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
यसैबीच इजराइली सेनाले मध्य देइर अल–बलाह सहरमा अल–बराका छिमेकमा मानवीय उद्देश्यका लागि सैन्य गतिविधिलाई अस्थायी रणनीतिक निलम्बनको घोषणा गरेको छ । यो निलम्बन छ घन्टासम्म चल्नेछ ।
इजराइली सञ्चारमाध्यमका अनुसार पछिल्लो २४ घण्टामा लडाइँमा आठ सैनिक मारिएको र १३ जना घाइते भएका छन् ।
गाजास्थित स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ मा युद्ध सुरु भएयता हालसम्म २० हजार चार सय २४ प्यालेस्टिनी नागरिक मारिएका छन् भने ५४ हजार ३६ जना घाइते भएका छन् ।-रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सीको नयाँ प्रशिक्षक बन्ने होडमा जाभी र जिदानदेखि थियरी हेनरीसम्म
-
लगानी जुटेसँगै मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु
-
सहकारी अनुसन्धानका लागि ‘आर्थिक अनुसन्धान ब्यूरो’ आवश्यक
-
अन्तर–सीमा अपराध रोक्न सक्रियता बढाउँदै सशस्त्र
-
ओझेलमा राजापानी सिद्धेश्वर महादेव
-
पश्चिमी वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना