मिङ्माको आत्मकथा ‘सगरमाथाको शेर्पा म’ लोकार्पण
काठमाडौँ । पर्यटन प्रवर्द्धक मिङ्मा शेर्पाको आत्मकथा ‘सगरमाथाको शेर्पा म’ लोकार्पण भएको छ । धुम्बराहीस्थित अकमा होटलमा आयोजित एक कार्यक्रमका बिच आत्मकथा पूर्व उपराष्ट्रपति नन्द बहादुर पुन, लेखक शेर्पाको साथमा प्रकाशक संस्था जरा फाउन्डेसनका अध्यक्ष कृष्ण प्रसाईं, गीतकार देवेन्द्र केसी, नियात्राकार प्रतीक ढकाल, साहित्यका डा. रेणुका सोलु, छायाँ लेखक सिर्जना शर्मा र पर्यटन व्यवसायी निमा तेन्जिङ शेर्पाले संयुक्त बिमोचन गरे ।
कार्यक्रममा पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनले लोकार्पण पुस्तक ‘सगरमाथाको शेर्पा म’ एउटा प्रेरणाको स्रोत बन्ने विश्वास लिएको बताए । पहिलो भेटमा नै लेखक मिङ्मा शेर्पाको कुराले आफूलाई आकर्षित गरेको बताउँदै पूर्वउपराष्ट्रपति पुनले एउटा कर्मठ नेपाली छोरो, मेहनत गरे के हुँदैन ? भन्ने ज्वलन्त उदाहरण भएको बताए । उनले ‘सगरमाथाको शेर्पा म’ पुस्तकबाट धेरैले ज्ञान लिन सक्ने धारणा राखे ।
लेखक मिङ्मा शेर्पालाई गीतकार संघ नेपालका अध्यक्ष वसन्त बित्यासी थापा, गीतकार सुमन बैरागी, गीतकार तथा संचारकर्मी नरेश भट्टराई, गीतकार सत्यकला लामाले संयुक्त रुपमा सम्मान गरेका थिए । शेर्पालाई पर्यटन क्षेत्रको प्रबद्र्धन, मानव सेवा, सामाजिक कार्य हुँदै देशको नामलाई विश्वसामु उच्च राख्न गर्नुभएको योगदान स्वरुप सम्मान गरिएको हो ।
पुस्तक ‘सगरमाथाको शेर्पा म’ लोकार्पण पछि शुभकामना मन्तव्य दिँदै छायाँ लेखक सिर्जना शर्माले लेखक मिङ्मा शेर्पा समाजको एक अथक योद्धाका रुपमा पाएको बताएकी थिइन् ।
गीतकार देवेन्द्र केसीले लेखक मिङ्मा शेर्पालाई पुस्तक ‘सगरमाथाको शेर्पा म’ जीवन भोगाइको दस्ताबेज भए पनि समाज रुपान्तरणको स्तम्भका रुपमा पनि लिएको बताए । शेर्पा विदेशीको भरिया मात्र नभएर नेपालको चिनारी भएको बताउँदै मिङ्मा शेर्पाको सुरुका दिनदेखि आजसम्मको भोगाइमा धैर्यता, लगनशीलता, इमान्दारितासँगै पर्यटन क्षेत्रको विकासमा निरन्तर दिएको योगदानको उदाहरणीय दस्ताबेज भएको बताए ।
त्यसैगरी नियात्राका प्रतीक ढकालले लेखक शेर्पालाई शुभकामना मन्तव्य दिँदै शेर्पा भनेको देश चिनाउने समुदाय भएको बताए ।
लेखक मिङ्मा शेर्पाले आफू जन्मेको सोलुदेखि जापान, काठमाडौंसम्मको यात्रामा भोगेका दुःखका पानाहरु पल्टाउँदा एउटा दस्ताबेज निर्माण भएको बताए । खाली खुट्टा सोलुको हिउँमा खेलेका यादहरुदेखि हिमाल चढ्दा होस् या पापाको पदचाप पछ्याउँदै हिंडेका दिनहरु हुन् सबै स्मरणीय बनेको बताए । उनले यो पुस्तक निर्माण हुनुमा पहिलो श्रेय आफ्नी स्वर्गीय श्रीमतीको रहेको बताउँदै यहीँ कतै टेबलमा बसेर पेम्बा याङ्गजीले सुनिरहेकी छन् भन्दै भावुक बनाए । मेरा बाबाले गरेको दुःखको कथा, मैले भोगेको जिन्दगी, मेरा छोराहरुले भोगेको वर्तमान र नाति नातिनीहरुको भविष्यलाई जोड्ने र आफ्नो पूर्खाको इतिहासलाई सम्झाउने प्रयास गरेको बताए । ‘सगरमाथाको शेर्पा म’ पुस्तक निर्माणमा सहयोग पु¥याउने सबैलाई धन्यवाद व्यक्त गरे ।
जरा फाउन्डेसनका अध्यक्ष एवं कार्यक्रमका सभापति जेनकवि कृष्ण प्रसाईंले कार्यक्रम समापन गर्दै मिङ्मा शेर्पा पर्यटन क्षेत्रको एउटा अथक योद्धा भएकै कारण दुखद् भोगाईको सफल व्यक्तित्व भएको बताए । सरल स्वभाव, असल व्यक्तित्व, मानवसेवी, सामाजिक विकासको खम्बा र सम्पूर्ण नेपालीको लागि प्रेरणाको स्रोत भएको चर्चा गरे ।
कार्यक्रममा बिभिन्न क्षेत्रका चर्चित ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार महिनामा १० अर्बको खाद्यान्न आयात
-
नेपाल वायुसेवा निगमले माथिल्लो भाडादरमा अन्तर्राष्ट्रिय टिकट नबेच्ने
-
राष्ट्रिय गौरवका आयोजनाहरूमा देखिएका समस्याको समाधान तत्काल गर्न प्रधानमन्त्रीको निर्देशन
-
पूर्वमन्त्रीको संलग्नतामा मानव तस्करी प्रकरण : प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन
-
काठमाडौँ महानगरले १६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियान सञ्चालन नगर्ने
-
मधेसमा जनमत नेतृत्वको सरकारलाई ‘रिप्लेस’ गर्न चाहन्छ कांग्रेस