अस्ट्रेलियामा आँधीबेहरीका कारण हजारौँ बासिन्दा बिजुलीविहीन

सिड्नी । अस्ट्रेलियाको पूर्वी राज्य क्विन्सल्याण्डमा आइतबार आएको भीषण आँधीबेहरीका कारण हजारौँ बासिन्दा विद्युत्विहीन भएको स्थानीय पत्रिका ‘द कुरियर मेल’ले जनाएको छ ।
क्विन्सल्याण्ड सरकारको स्वामित्वमा रहेको विद्युत् कम्पनी एनर्जेक्सका प्रवक्ताका अनुसार राज्यको दक्षिणपूर्वी भागमा १५ लाख घर र व्यवसायलाई बिजुली वितरण गर्ने कुल १२० पावरलाइनहरू अवरुद्ध भएका छन् र ५७ हजार ग्राहकहरू बिजुलीविहीन भएका छन् ।
लोगान र ब्रिसबेनका केही भागहरूमा क्रिसमसको दिन कम्तीमा मध्याह्नसम्म बिजुली विहीन हुनसक्ने र अधिकारीहरूले बासिन्दाहरूलाई ब्याक–अप योजनाको बारेमा सोच्न निर्देशन दिएका छन् ।
एनर्जेक्सका प्रवक्ताले यस क्षेत्रका बासिन्दाहरूलाई क्रिसमस उत्सवहरू सोमबार सुचारु रूपमा चलाउन सुनिश्चित गर्न रेफ्रिजेरेटरहरू चलाउन रोकन र जेनेरेटर प्रयोगलाई बढाउन सुझाव दिएका छन् ।
अस्ट्रेलियाली एबिसी न्युजले शनिबार असामान्य मौसमका कारण क्रिसमसको समयमा पूर्वी अस्ट्रेलियामा आँधीबेहरी आउन सक्ने जनाएको छ ।
अन्टार्कटिकाबाट निस्केको ध्रुवीय हावा क्रिसमसको पूर्वसन्ध्या (आइतबार) देखि मङ्गलबारसम्म देशको दक्षिणपूर्वी राज्यहरूमा प्रवेश गर्ने अनुमान गरिएकोले आँधीबेहरीको असर व्यापक हुने अनुमान गरिएको छ ।- (रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको विकास र समृद्धिको आधार पर्यटन : परराष्ट्रमन्त्री
-
२०८१ सालमा लुम्बिनी प्रदेश : एमालेलाई लाभैलाभ, साना दललाई संकट
-
नागरिकको भरोसा बढाउने गरी काम गर्ने मुख्यमन्त्री कँडेलको प्रतिबद्धता
-
नर्भिक अस्पताल ३३ औँ वर्षमा प्रवेश, तीन दशकमा २५ लाखभन्दा बढीले लिए सेवा
-
शिक्षकहरूले नयाँ वर्ष सडकमै मनाउँदै
-
नेपाल एयरलाइन्सद्वारा ऋण बापतको ५३ करोड ९ लाख भुक्तानी