पूर्वप्रधानन्यायाधीश श्रेष्ठको टिप्पणी : राजनीतिले मुलुकलाई पीडामात्रै दियो

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले राजनीतिले मुलुकलाई पीडामात्रै दिएको टिप्पणी गरेका छन् । राजनीतिलाई अनुत्पादक क्षेत्रको रुपमा चित्रण गर्दै उनले राजनीतिकै कारण देशमा बस्न सक्ने अवस्था नरहेको जिकिर समेत गरे ।
आइतबार काठमाडौंमा आयोजित ‘पाँचौँ बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८० विजेता घोषणा तथा उत्कृष्ट कथा संग्रह’ विमोचन कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश श्रेष्ठले जर्जर भएको राजनीति वैभवशाली र साहित्यकाहरु कमजोर हुँदा नै देशले पीडा भोग्नुपर्ने अवस्था आएको तर्क समेत गरे । उनले देशमा राजनीतिले समस्याको समाधान दिन नसकिरहेको उल्लेख गरे । देशको राजनीति जर्जर र अनुत्पादक हुँदा दैनिक नेपालीहरु बिदेसिने क्रम बढिरहेको पनि उनले बताए । उनले साहित्यकारहरुले आफ्नो सृजनाको भरपुर लाभ लिन पाउनुपर्ने बताए ।
पूर्वप्रधानन्यायाधीश श्रेष्ठले प्रथम, द्वितीय र तृतीय कथाकारहरू मनोजबाबु पन्त, प्रमोद प्याकुरेल र विजय हितानलाई क्रमशः एक लाख, साठी हजार र चालिस हजार नगद पुरस्कार प्रमाणपत्र तथा ट्रफी प्रदान गरेका थिए । मनोजबाबु पन्तको ‘बुढो लाँकुरीको रुख’ प्रथम, प्रमोद प्याकुरेलको कथा ‘काँचुली’ दोस्रो र विजय हितानको कथा ‘चेपाङ, चमेरो र चिउरी’ तेस्रो भएको हो । त्यस अवसरमा बाह्रखरी मिडियाको पाँचौँ वार्षिक संस्करणका संग्रह ‘उत्कृष्ट कथा–२०८०’ पनि विमोचन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स लिग सेमीफाइनल पहिलो लेगमा पीएसजी विजयी, आर्सन पर्यो दबाबमा
-
पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा सिग्देल निर्विरोध निर्वाचित
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला
-
आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म