विद्यालय शिक्षा विधेयकबारे शिक्षा समितिले सरोकारवालासँग समेत छलफल गर्ने

काठमाडौँ । संसद्का शिक्षा, स्वास्थ तथा सुचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमाथि दफावर छलफल थालेको छ। संसद्मा दर्ता हुँदै समितिमा पेश भएको विधेयकमा दफावार छलफल सुरू भएको हो। चौतर्फी चासोको विषय रहेको उक्त विधेयकमाथि समितिले सरोकारवालासँग समेत छलफल गर्ने भएको हो।
आज पहिलो दिनको छलफलको क्रममा विधेयकबारे सरोकारवाला विद्यालय, शिक्षक, शिक्षक संघ संस्था तथा सरोकारवाला निकायलाई समेत बोलाएर धारणाा लिने भएको हो। समिति सभापति भानुभक्त जोशीले समिति सदस्यहरूसँग छलफल गर्दै शिक्षाविद्हरूलाई समेत बोलाएर सुझाव माग्ने बताए।
विधेयकमा १५२ सांसदहरूले १ हजार ७५७ विवरणसँग सम्बन्धित रहेर संशोधन प्रस्ताव दर्ता भएका छन्। ती प्रस्तावमाथि संशोधनकर्ता सांसदहरूलाई समेत छलफलमा बोलाउनेछ। त्यसका लागि संसद सचिवालयलाई खाका तयार पार्न भनेको छ।
‘कुन कुन संस्थालाई बोलाउने त्यसको सुझाव सचिवालयले लिनेछ। त्यस्तै फिल्ड भिजिटमा जानुपर्ने देखिए त्यो पनि गर्छौ। आफुलाई लागेका सुझाव सचिवालयमा समेत मानवीय ज्यूहरूले टिपाउनुहोला’ जोशीले भने
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश थापाद्वारा एन्फा महासचिव राईविरुद्ध मुद्दा दायर
-
प्रतिक्रान्तिकारीहरूलाई पूरै परास्त गर्ने जिम्मा क्रान्तिकारीको काँधमा आएको छ: प्रचण्ड
-
कृषिको व्यवसायीकरण र पर्यटन प्रवर्द्धन हुने गरी सडक सञ्जाललाई अघि बढाएका छौँ –मन्त्री दाहाल
-
साउदीमा महत्त्वपूर्ण वार्ता अघि युक्रेनले सयौँ ड्रोनले मस्कोमाथि गर्यो हमला
-
एकपछि अर्को फिल्म फ्लप भइरहँदा अक्षय कुमारले बेचे अपार्टमेन्ट
-
कसको बलमा ज्ञानेन्द्र गणतन्त्रमाथि धावा बोल्दै छन् ?