विश्वकै सबैभन्दा कडा कफी

काठमाडौँ । बायोहाजार्ड कफीलाई विश्वकै सबैभन्दा कडा कफीको दर्जा दिइएको छ । १२ आउन्स (करिब ३५४ मिलिलिटर) को कपमा ९२८ मिलिग्राम क्याफिन रहेको छ । यो दैनिक रूपमा सुझाइएको डोजभन्दा दुई गुणा बढी हो भने थुप्रै इनर्जी ड्रिङ्कमा उपलब्ध क्याफिनभन्दा बढी हो ।
यसअघि पनि विभिन्न कफी ब्रान्डहरूलाई सबैभन्दा कडा कफीको उपाधि दिँदै आएको छ । सन् २०१३ मा यो उपाधि डेथ विसले पाएको थियो । त्यसपछि १२ आउन्समा ७०२ मिलिग्राम क्याफिन रहेको ब्लायक इन्सोम्नियाले यो उपाधि पाएको थियो ।
यसपटकको बायोहाजार्डमा रहेको क्याफिनको मात्रालाई उछिन्न धेरैलाई सकस पर्ने देखिन्छ । सन् २०१६ मा स्थापना गरिएको यो कफी पिउनका लागि पनि सुरक्षित मानिएको छैन ।
फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले वयस्कहरूका लागि दैनिक ४०० मिलिग्राम क्याफिन सुझाएको छ । दैनिक १२ सय वा सोभन्दा मिलिग्राम क्याफिन लिएमा पोइजनिङ र सिजरजस्ता स्वास्थ्य जटिलता आउने संस्थाको भनाई छ । त्यसैले प्रति १२ आउन्स ९२८ मिलिग्राम क्याफिन रहेको बायोहाजार्ड कफी क्याफिनको बानी नरहेको शरीरका लागि घातक हुनसक्छ । त्यस्तैले यो कफीको प्याकेजमा नै चेतावनी राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध
-
१० बजे १० समाचार : अडियो प्रकरणले लियो ज्यान, अब ईभी किन्न कठिन
-
६० लाख खर्च गरेर २५ जोडीको सामूहिक विवाह गरिने
-
नेपालगञ्जमा भ्यानको ठक्करबाट एक बालकको मृत्यु